
काठमाडौ- कतारस्थित नेपाली द्तावासले कतारस्थित नेपालीलाई कुनै समस्या आइ नसकेको र परिस्थिती सामान्य रहेको जनाएको छ । दूतावासले मंगलबार अपरान्ह पराष्ट्र मन्त्रालयलाई गरेको पत्राचारमा कतारस्थित नेपालीलाई कुनै समस्या नआएको उल्लेख छ ।
कतारस्थित नेपाली राजद्त रमेश कोइरालाले नियमित रुपमा कतारी बिदेश मन्त्रालय लगायत निकायसंग समन्वय गरी परिस्थितीको जानकारी लिइरहेको दोहास्थित द्तावास उपप्रमुख मणिरत्न शर्माले बताए ।
कतारी बिदेश मन्त्रालयले त्यहाँ रहेका बिदेशी राजद्तहरुलाई मंगलबार पछिल्लो अवस्थाबारे ब्रिफिङ् दिएको थियो । राजद्त कोइरालाले उक्त ब्रिफिङमा सहभागिता जनाएका थिए । ब्रिफिङ्मा कतारी बिदेश मन्त्रालयका अधिकारीहरुले कतारमा मानवीय संकट नआउने र बिदेशी कामदारलाई कुनै समस्या नआउने राजद्तहरुलाई जानकारी गराएका थिए । कतारमा हाल साढे चार लाख नेपाली कार्यरत छन् ।
सरकारले खाडी मुलुकहरुले कतारसंगको स्थल र हवाई सम्पर्क बिच्छेदको घोषणा गरेपछि त्यहां रहेका नेपालीलाई आउन सक्ने समस्याबारे सतर्क रहन खाडीस्थित नेपाली द्तावासहरुलाई निर्देशन दिएको थियो । कतारसंग स्थल र हवाई सम्पर्क टुटाएको घोषणा अन्य खाडी देशले गरेपछि त्यहां हाहाकार हुनसक्ने र त्यसले मानवीय संकट उन्पन्न हुनसक्ने हुँदा त्यसप्रति सचेत रहन परराष्ट्रले द्तावासलाई भनेको छ ।
इत्तेहाद एयरलाइन्सले युएई हुंदै कतार जाने विमानसेवा भने सोमबारदेखी नै बन्द गरेको छ । जसका कारण अब कतार जान चाहने नेपाली कामदार प्रभावित हुने भएका छन् । खाडी क्षेत्रको परिस्थिती बुझ्न र त्यसबारे मन्त्रालयलाई जानकारी गराउन परराष्ट्रले खाडीस्थित सबै नेपाली द्तावासहरुलाई सोमबारै निर्देशन दिएको छ । साउदी अरेबिया, कुवेत, युएई, इजिप्ट, बहराइन तथा यमनमा ठ्लो संख्यामा नेपालीहरु छन् । कतारमा रंगशाला निर्माण लगायत प्र्वाधार विकासका परियोजना निर्माणमा नेपाली छन् ।
कतारले आतंकवादलाई प्रश्रय दिएको भन्दै उसंग साउदी अरेबिया, इजिप्ट युएई र बहराइनलगायतले कुटनीतिक संबन्ध बिच्छेद गरेको घोषणा गरेसंगै खाडी क्षेत्रमा संकट आउनसक्ने अन्र्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन्। कतार खाडी क्षेत्रमा सानो तर समृद्द मुलुक मानिन्छ । कतारले आतंकवादी संगठनहरु इस्लामिक स्टेट (आइएस) र अल काइदालाई प्रश्रय दिएको तथा खाडी मुलुकमा अस्थिरता उत्पन्न गरेको अरु खाडी मुलुकले आरोप लगाएपनि कतारले भने सो आरोपको खण्डन गरेको छ । साउदीको प्रमुख बिरोधी मुलुक इरानसंग कतारले संबन्ध बढाएको आरोप समेत ती मुलुकले कतारमाथि लगाएका छन्।
अन्नपूर्ण पोष्टबाट