रेमिट्यान्सको सदुपयोगमा ध्यान दिन आग्रह 

 

नवलपरासी, जेठ २३- 

नवलपरासीका प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाले बैदेशिक रोजगारबाट आएको रेमिट्यान्सको सदुपयोग गर्नु अहिलेको आवश्यकता भएको बताएका छन् । उनले यसका लागि बैदेशिक रोजगारमा जाने र उनीहरुका परिवारलाई सचेत बनाउनु पर्ने बताए । यसका लागि हाल सञ्चालित बित्तीय साक्षरता कक्षा अति नै लाभदायक हुने समेत धारणा राखे । 

जिल्ला परियोजना सल्लाहकार समितिद्धारा नवलपरासीमा सञ्चालित सामी परियोजनाको अनुगमन पश्चात प्रजिअ रानाले यस्तो धारणा प्रकट गरे । समितिका सदस्यहरुले ईन्द्रणी सामाजिक बिकाश मञ्च र हिमालयन सामुदायिक बिकाश मञ्च (हिकोडेफ)ले गरिरहेको गतिविधिको अनुगमन गरेका हुन् । 

सो क्रममा प्रमुख जिल्ला अधिकारी रानाले बैदेशिक रोजगारीमा जानेहरुलाई ठगीबाट जोगाउन सामी परियोजना अत्यन्तै सान्दर्भिक भएको भन्दै यसलाई अति प्रभावित क्षेत्रमा विस्तार गर्नुपर्नेमा समेत जोड दिए ।

अनुगमनमा प्रजिअ रानासँगै स्थानिय बिकास अधिकारी युवराज कट्टेल, जिल्ला शिक्षा अधिकारी मान बहादुर घिमिरे, महिला तथा बालबालिका कार्यलय प्रमुख उर्बरा लुईटेल, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नन्दलाल पौडेल, डिभिजन सहकारी कार्यलयका प्रमुख बुद्ध प्रकाश पौडेल, उद्योग बाणिज्य संघका महासचिव गिरीराज पाण्डे, पशु कार्यालय माया पौडेल, कृषि कार्यालयका शान्ता गौतम लगायत सहभागि थिए । 

सो टोलीले नवलपरासीको पालिनन्दन गाउँपालिकामा को कुस्मा गाउँमा रहेका बैदेशिक रोजगारीका क्रममा समस्यामा परेका र सामी परियोजनाबाट सेवा पाएका सेवाग्राहीसंग अन्तरक्रिया गरेको थियो । सो क्रममा उनीहरुले बैदेशिक रोजगारीका क्रममा भोग्नु परेका समस्या र दैनीक रुपमा भैरहेको ठगीका बिषयमा गुनासो गरेका थिए । यसैगरि टोलीले कावासोती १२ मा सञ्चालन गरिरहेको वित्तीय साक्षरता कक्षाको पनि अवलोकन गरेको थियो । 

जिल्लाको अनुगमन पश्चात हिकोडेफमा आयोजित कार्यक्रममा सामी परियोजनाका परियोजना संयोजक रितुराम सोतीले जिल्लामा भइरहेको गतिविधि, उपलब्धी सिकाई र चुनौतीका बिषयमा जानकारी गराएका थिए । 

यो पनि पढ्नुहोस् 

कतारमा भएका नेपाली नआत्तिनुः श्रम तथा रोजगार मन्त्रालय 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: