कतारमा भएका नेपाली नआत्तिनुः श्रम तथा रोजगार मन्त्रालय 

 

काठमाडौं, जेठ २३-

सरकारले कतारको पछिल्लो अवस्थाका बारेमा तत्काल आत्तिनु पर्ने अवस्था नभएको जनाएको छ । कतारसँगको सम्वन्ध अरवका छिमेकी देशहरु साउदी अरव, युएई, बहराईनसँगै अन्य देशले विच्छेद गरेको अवस्थामा तत्काल त्यहाँ कार्यरत नेपालीलाई नआत्तिन आग्रह गरिएको हो । 

श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता गोविन्दमणि भूर्तेलले मन्त्रालयले कतारस्थीत नेपाली दूतावाससँग यसबारेमा जानकारी लिइरहेको बताए । उनले कतारको विदेश मन्त्रालयले कतारी नागरिकसँगै आप्रवासी कामदारलाई यो कुटनीतिक सम्वन्ध विच्छेदले असर नगर्ने भन्दै आश्वस्त तुल्याइरहेको भन्दै तत्कालै आत्तिहाल्नु पर्ने अवस्था नरहेको बताए । 

कतारको रोजगारी लगायतका विषषमा तत्काल असर नदेखिने र यसको दिर्घकालिन प्रभाव हेरेर श्रम स्वीकृति दिने नदिने लगायतको विषयमा अहिल्यै कुनै निर्णय गरिहाल्नु आवश्यक नभएको भूर्तेलको भनाई छ । 

कुटनीतिक बन्देजका कारण कुनै ठूलै समस्या आइपर्ने भएमा त्यहाँको सरकारले अन्य देशका कुटनीतिक निकायलाई बोलाएर जानकारी गराउने दायित्व भएको भन्दै त्यस्तो अवस्था आएमा सरकारले त्यहाँ कार्यरत नेपाली कसरी स्वदेश फर्काउने भनेर प्रकृया गर्ने भूर्तेलले बताए । 

यसअघि आतंकवादलाई सघाइरहेको आरोप लगाउँदै साउदी अरेबिया, बहरेन, संयुक्त अरब इमिरेट्स र इजिप्टले कतारसँगका आफ्ना सबै कूटनीतिक सम्बन्धहरु अन्त्य भएको घोषणा गरेका थिए । उनीहरुले कतारले इस्लामिक स्टेट लगायतका आतंकवादी समूहलाई सहयोग गरेको आरोप लगाएका छन्।

साउदी सरकारी समाचार संस्था एसपीएले रियादले कतारसँगका आफ्ना सबै सीमा, सामुद्रिक र हवाई सम्पर्क विच्छेद गरिएको जनाएको छ। सो संस्थाले अधिकारीहरुलाई उद्धृत गर्दै ‘राष्ट्रिय सुरक्षालाई अतिवाद र आतंकवादबाट बचाउन’ पछिल्लो कदम चालिएको जनाएको छ।  

यो पनि पढ्नुहोस् 

कतारमा पर्नसक्ने ५ प्रभाव

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय