सुरक्षित बैदेशिक रोजगारका बारेमा प्रहरीलाई तालिम

 

सुनसरी- सुनसरीको सदरमुकाम इनरुवामा बैदेशिक रोजगारलाई भरपर्दो मर्यादित र उपलब्धिमुलक बनाउने उदेश्यले जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरीहरुका लागि सुरक्षित बैदेशिक रोजगार सम्बन्धी तालिम सम्पन्न भएको छ । 

सो तालिममा सुनसरीका प्रहरी उपरिक्षक पोषराज पोखरेलले नेपाल प्रहरीले जहिले पनि पीडितका पक्षमा वकालत गर्ने भएकोले कुनै पनि नेपाली अन्यायमा वा ठगि नपरोस भनेर कार्यरत रहेको र मातहतका प्रहरीलाई पनि उच्च मनोबलका साथ त्यस्ता कार्य बिरुद्ध लाग्न निर्देशन दिए । उनले अगाडि थपे नेपालबाट गरिब तथा सिमान्तकृत बर्ग साथै कम पढलेखेका मानिसहरु खाडि तथा मलेसियामा कामको लागि जाने र ठगिदा घरजग्गा बेच्नु पर्ने अवस्था आउने हुनाले बैदेशिक ठगिका सवालमा अझ बढि चनाखो भई कार्य गर्न आवश्यक छ । 

कार्यक्रममा सहभागी प्रहरीहरुले बैदेशिक रोजगार सम्बन्धि ठगीका मुद्धा हेर्ने अधिकार नभएकोले जिल्ला तहमा अधिकार पाए देखि मुद्धा हेर्न सजिलो हुने तथा पीडित पनि राहत हुने बताए । सो अवशरमा सामी परियोजनाका बारेमा सामीकी जिल्ला परियोजना संयोजक कोपिला दाहालले जानकारी गराइन् । यसैगरी सूचना तथा परामर्श केन्द्रबारे परियोजना संयोजक डिम्पल यादवले जानकारी गराइन् । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: