
काठमाडौं, जेठ १६-
सरकारले बैदेशिक रोजगारमा जानेहरुलाई अनिवार्य रुपमा बैंक खाता खोल्न लगाउने र विदेशमा कमाएको रकम सोही खातामा जम्मा गर्नुपर्ने प्रावधान लागु गर्ने तयारी गरेको छ । सोमवार सार्वजनिक गरिएको आर्थिक बर्ष २०७४ ७५ को बजेट मार्फत सरकारले यस्तो योजना अगाडी सारेको हो ।
अर्थमन्त्री कृष्णबहादुर महराले संसदमा प्रस्तुत गरेको बटेजमा वैदेशिक रोजगारिमा जाने युवाले अनिवार्य रुपमा बैंक खाता खोल्नु पर्ने उल्लेख छ । विदेशमा रहँदा आम्दानी गरेको रकम सोही खाता मार्फत् नेपाल पठाउनुपर्ने बाध्यात्मक व्यवस्था कार्यान्वयन गर्न यस्तो घोषणा गरिएको हो ।
सरकाले आगामी आर्थिक वर्षदेखि वैदेशिक रोजगारीमा जाने नेपाली कामदारका लागि बैंक खाता अनिवार्य गरेको गरेर उनीहरूले रेमिटेन्स पठाउन पाउने व्यवस्था गरेको हो।
वैदेशिक रोजगारीमा गएका नेपालीहरुले आफ्नो आम्दानीको केही हिस्सा स्वेच्छाले जलविद्युत उत्पादनमा पनि लगानी गर्न पाउनेछन् । त्यसका लागि रेमिट होइड्रो कार्यक्रम अघि बढाउने पनि बजेटमा कार्यक्रम समेटिएको छ ।
यो पनि पढ्नुहोस्
के आयो बजेटमा बैदेशिक रोजगारका विषयमा ?