के आयो बजेटमा बैदेशिक रोजगारका विषयमा ?  

 

काठमाडौं, जेठ १५-

सरकारले आर्थिक बर्ष २०७४ ७५ को बजेट संसदमा प्रस्तुत गरिरहेको छ । अघिल्लो आर्थिक बर्षको भन्दा दुई खर्व बढीको बजेट सरकारले संसदमा प्रस्तुत गरेको हो । उपप्रधानमन्त्री समेत रहेका अर्थमन्त्री कृष्णबहादुर महराले प्रस्तुत गरिरहेको बजेटमा बैदेशिक रोजगारका केहि विषय समेट्न थालेको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डले राजीनामा दिइसकेको अवस्थामा सरकार कामचलाउ भएको र स्थानीय तह निर्वाचनको मध्यमा परेका कारण सरकारले खासै नयाँ कार्यक्रम भनें बजेटमा समावेश गर्न पाएको छैन । त्यसैले अधिकाँश पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको संसदमा अर्थमन्त्री महराले बताए । 

बैदेशिक रोजगारीमा जानुअघि अनिवार्य रुपमा बैंक खाता खोल्नुपर्ने र बैदेशिक रोजगारमा कमाएको रकम सोही खातामा अनिवार्य रुपमा जम्मा गर्नुपर्ने व्यवस्था गरिने भएको छ । त्यसरी जम्मा भएको रकम लगानी गर्ने विषयमा व्यक्ति स्वतन्त्र रहने बजेटमा उल्लेख छ । तर रेमिट हाईडोमा लगानीका लागि बैदेशिक रोजगारीमा रहेकाहरुलाई प्रोत्साहित गरिने बजेटमा समेटिएको छ । 

यसैगरी उज्यालो नेपाल अन्तर्गतको नेपालको पानी, जनताको लगानी अन्तर्गत विदेशमा रोजगारी गरिरहेका नेपालीको समेत लगानीमा विद्युत आयोजनाहरु अगाडी बढाइने बजेटमा समेटिएको छ । 

गैरआवासीय नेपाली समुदायलार्इ नेपालमा लगानीका लागि प्रोत्साहन गर्ने सरकारले बजेट मार्फत नीति बनाएको छ ।

स्थानीय तहमा हुने वित्तिय हस्तान्तरण, भूकम्प पछिको पूनर्निर्माण तथा आगामी दुई निर्वाचनलाई लक्षित गरी बजेट बनाएको महराले संसदमा बताए । 

यसअघिको बजेटमा यस्तो थियो बैदेशिक रोजगारको विषय 

यहाँ क्लीक गर्नुहोस् 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय