दिल कुमार श्रेष्ठ, दोहा-
नेपाली महिला समाज कतारले कतारका लागि नवनियुक्त राजदुत रमेश प्रसाद कोइरालासँग भेटघाट गरेको छ । भेटघाटका क्रममा महिला दिदिबहिनिहरुले नेपाली ढाका टोपी लगाई सगुनको रुपमा दहि र फलफुल खुवाउदै कतारमा राजदूत कोइरालालाई स्वागत गरेका छन्।
दुतावासको कार्यालयमा महिला समाजकी अध्यक्ष सुस्मिता भुषालको नेतृत्वमा भेटघाट गरिएको थियो । साथमा प्रथम उपाध्यक्ष अमिना खान, उपाध्यक्ष जानुका बस्नेत, महासचिव अम्विका खत्री कोषाध्यक्ष मिना गैरे लगायत कार्यसमिति सदस्यहरुको उपस्थित रहेको थियो ।
भेटघाटका क्रममा दिदिबहिनिहरुले कतारमा नेपालीे महिला समाजको अवस्था र महिला श्रमिकको हकहितका विषयमा ध्यानाकर्षण गराउदै विभिन्न विषयमा छलफल गरेका थिए । सोहि क्रममा समाजका पुराना र नयाँ गतिविधि र कार्ययोजना सहितका ज्ञापनपत्र समेत बुझाइएको थियो । उक्त भेटघाट कार्यक्रममा राजदुत कोइरालाले वैदेशिक रोजगारमा आउने बिशेषत कतारमा आउने जो कोहिलाई पनि नेपालबाट कतारसम्मको जानकारीमुलक श्रब्य दृश्य सहितको भिडियो बनाई सहज बनाउने आफ्नो सोच रहेको खुलाएका थिए । साथै महिला श्रमिकको हकहितका विषयमा समस्या समाधान गर्न र दूतावासको तर्फबाट सधै तत्पर रहने समेत बताएका थिए ।
यो पनि पढ्नुहोस्
आमाको मनः कान्छो घर फर्किदिए घरजम गरिदिन्थें