
दुवई, जेठ १३-
युएईमा एक नेपाली महिलाको हत्या गरेको अभियोगमा एक नेपाली युवा पक्राउ परेका छन् । ईमिराती हिलमा भएको एक हत्या काण्डमा उनी संलग्न भएको प्रहरीले आशंका गरेको छ । घटनामा ति व्यक्तिको संलग्नता भएको प्रष्ट प्रमाण नभेटिएपनि हत्या गरिएकी ति नेपाली महिला ति व्यक्ति सफाइ मजदुरका रुपमा काम गर्ने घरमा गएको सिसिटीभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ ।
हत्या गरिएकी ति महिलाको शव पनि सोही घरको पछाडिको झाडीमा भेटिएको थियो । ति महिलाको शव भेटिएपछि गत मे २१ तरिखमा ति नेपालीलाई प्रहरीले पक्राउ गरेको थियो ।
एक भारतीय परिवार बस्ने सो घरमा नै ति महिलाले रात विताएको अनुमान गरिएको छ । सिसिटीभी फुटेजमा ति महिला ट्याक्सी चढेर ति नेपालीलाई भेट्न आएको देखिएको छ । विहान ७ बजेको समयमा सफाई मजदुरहरु झाडी सरसफाईका लागि आउँदा लाश देखेका थिए र उनीहरुले प्रहरीलाई खवर गरेका थिए ।
हत्या गरिएकी महिला अन्दाजी २० बर्षकी रहेको बताइएको छ ।
यो पनि पढ्नुहोस्
मलेसियाबाट ५९ जना नेपालीलाई स्वदेश फर्काइयो