आज कति छ रिंगिट, रियाल, दिरहम र दिनारको कति ?

काठमाडौं, जेठ १२- 

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार शुक्रवार मलेसियन रिंगिटको खरिद दर २४ रुपैंयाँ ७ पैसा छ भनें विक्रि दर २४ रुपैंयाँ २१ पैसा छ । कुनै समयमा ३० रुपैैंया भन्दा माथि रहेको रिंगिट घटेर २३ मा झरिसकेको थियो । रिंगिटको भाउ विस्तारै बढेपछि यसले ठूलो संख्यामा मलेसियामा कार्यरत नेपालीलाई केहि राहत दिने देखिएको छ । 

यसैगरी कतारी रियालको खरिदर २८ रुपैंयाँ २८ पैसा र विक्रि दर २८ रुपैंयाँ ४५ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २८ रुपैंयाँ ४ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ २० पैसा छ । साउदी रियालको खरिददर २७ रुपैंया ४६ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ६२ पैसा रहेको छ । 

यसैगरी कुवेती दिनारको खरिददर ३३९ रुपैंया ४५ पैसा छ भनें विक्रि दर ३४१ रुपैंयाँ ४२ पैसा छ । बहराइन दिनारको खरिददर २७३ रुपैंयाँ १४ पैसा छ भनें विक्रि दर २७४ रुपैंयाँ ७३ पैसा छ । 

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।    

यो पनि पढ्नुहोस्  

विदेश जाने १० हजार व्यक्तिले तालिम पाउने

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: