
काठमाडौं, जेठ ११-
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार विहिवार मलेसियन रिंगिटको खरिद दर २४ रुपैंयाँ १० पैसा छ भनें विक्रि दर २४ रुपैंयाँ २४ पैसा छ । कुनै समयमा ३० रुपैैंया भन्दा माथि रहेको रिंगिट घटेर २३ मा झरिसकेको थियो । रिंगिटको भाउ विस्तारै बढेपछि यसले ठूलो संख्यामा मलेसियामा कार्यरत नेपालीलाई केहि राहत दिने देखिएको छ ।
यसैगरी कतारी रियालको खरिदर २८ रुपैंयाँ ४१ पैसा र विक्रि दर २८ रुपैंयाँ ५८ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २८ रुपैंयाँ १७ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ३३ पैसा छ । साउदी रियालको खरिददर २७ रुपैंया ५९ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ७५ पैसा रहेको छ ।
यसैगरी कुवेती दिनारको खरिददर ३४० रुपैंया ६८ पैसा छ भनें विक्रि दर ३४२ रुपैंयाँ ६५ पैसा छ । बहराइन दिनारको खरिददर २७४ रुपैंयाँ ४४ पैसा छ भनें विक्रि दर २७६ रुपैंयाँ ३ पैसा छ ।
नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।
यो पनि पढ्नुहोस्
अवैधानिक कामदारको सुचना दिनेलाई ५० हजार रियालसम्म पुरस्कार दिने साउदी सरकारको घोषणा