
काटमाडौं- अर्घाखाँची सेवा समाजले जिल्लालाई एम्वुलेन्स दिन कतारमा आर्थिक संकलन अभियान शुरु गरेको छ । समाजले एम्वुलेन्स अभियानलाई अगाडि बढाउन कतारमा सास्कृतिक कार्यक्रम गरेको छ । समाजका अध्यक्ष ठाकुर कुमार परियारका अनुसार दशैंसम्म एम्वुलेन्स उपलब्ध गराउने लक्ष्य रहेको छ ।
परियारको सभापतित्व सम्पन्न कार्यक्रममा प्रमुख अतिथि क्रान्ति सिंहले कतारमा कार्यरत अर्घाखाँचीवासीलाई यो अभियानमा साथ र सहयोग गर्न अपिल गरे ।
लोकगायक शरद पाण्डे, तुलबहादुर परियार, गायिका कमला गुरुङले दर्शकलाई छम छमी नचाए । गुल्मेली माग्ने बुढाको नामले परिचित हास्य कलाकार सुरज बिसीले देशको राजनैतिक परिवेशबारे ब्यङ्ग गर्दै हसाए । युवराज खत्री, अर्जुन रक, संचमाया तामाङ, भगबती बस्यालले नृत्य गरेका थिए । सुनिल परियार, दिपेन्द्र बिक, योगेन्द्र राई, कृष्ण सेवन, नन्दा परियार, दिपेन्द्र बिसी, कृष्ण मित्रकोटी, हास्यकलाकार कृष्ण काफ्ले, गोबिन्द न्यौपाने, दामोदर भुसाल लगायत डेड दर्जन कलाकारले प्रस्तुती दिएका थिए ।
कान्तिपुरबाट