कतार पठाउनु भन्दा स्वदेशकै जलविद्युत आयोजनामा रोजगारी दिन माग

काठमाडौँ, जेठ ९- नेपालको गरिबी उल्लेख्य रुपमा घटे पनि आर्थिक वृद्धिदर उच्च हुन नसक्दा नीतिगत बृहत् सुधारका कार्यक्रमले अर्थतन्त्रलाई उकास्ने एक प्रतिवेदनले औँल्याएको छ । विश्व बैंकले सार्वजनिक गरेको ‘मध्यआयको मार्गमा नेपाल’ नामक उक्त प्रतिवेदनले उत्पादकत्व वृद्धि र लगानी प्रवद्र्धन गर्न नीतिगत सुधार अपरिहार्य भएको देखाएको छ । 

पूर्वाधार र सार्वजनिक क्षेत्रमा लगानी वृद्धि, दक्ष जनशक्ति उत्पादन तथा मानव पुँजी निर्माण, लगानीमैत्री नीति, विद्युत् उत्पादनमा विशेष प्राथमिकता, एकीकृत कृषि विकास र व्यावसायिक तथा सीपयुक्त शिक्षाको विकासबाटै आर्थिक वृद्धिदर बढोत्तरीमा मद्दत पुग्ने प्रतिवेदनले सुझाएको छ । 

बैंकका वरिष्ठ अर्थशास्त्री दामिर कोसिकले नीतिगत व्यवधानको अन्त्य, आर्थिक वृद्धिका नयाँ स्रोतको निर्माण, उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग र जनतामा लगानी बढाउन सके आर्थिक वृद्धिको बाटामा अग्रसर हुन सकिने बताए ।

“कतार जानुभन्दा नेपालकै विद्युत् परियोजनामा काम गर्ने वातावरण निर्माण गर्न अपरिहार्य भएको छ”, खाडी मुलुक र मलेसियाका वैदेशिक रोजगारीबाट भन्दा अहिले नेपालमा नै रोजगारीका अवसर निर्माण गर्नुपर्नेमा जोड दिँदै उनले भने । भूकम्पपछिको पुनःनिर्माणलगायत नेपालमा कामका अवसर रहेका र थप रोजगारीका क्षेत्र सिर्जना गर्नुपर्ने सुझाव उनले दिएका छन् । 

कारोवारबाट

यो पनि पढ्नुहोस्

अवैधानिक कामदारको सुचना दिनेलाई ५० हजार रियालसम्म पुरस्कार दिने साउदी सरकारको घोषणा

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: