दोश्रो चरणमा ईजरायल जानेहरुको नामावली सार्वजनिक  

काठमाडौं- दोस्रो चरणमा रोजगारीका लागि इजरायल जाने नेपालीको नामावली सार्वजनिक भएको छ । वैदेशिक रोजगार विभागले भाषा परीक्षा पास भएका ६० जनाको नाम प्रकाशित गरेको हो । केयर गिभरको रोजगारीमा जाने उनीहरुको स्वास्थ्य परीक्षण हुनेछ । त्यसमा सफल हुनेहरुलाई तत्काल इजरायल पठाउन सुरु गरिने विभागले जनाएको छ ।

कामदार छनोट इजरायलको जनसंख्या तथा अध्यागमन निकाय (पीआईबीए) ले छनोट गर्ने गरेको छ । अन्तिम चरणमा इजरायलले १८ जना पुरुष र ४२ जना महिलालाई केयर गिभरका रुपमा लैजाने भएको छ ।

अब अभिमूखीकरण तालिम पनि लिएर इजारयल पठाउने काम सुरु हुनेछ । पहिलो चरणमा इजरायलले ५९ जनालाई लगेको थियो । यो पटक इजरायलमा केयर गिभरका रुपमा जान १४ सय ७७ जनाले आवेदन दिएका थिए ।

यो पनि पढ्नुहोस् 

पीडितले यसरी पक्राउ गरेर ल्याए विदेश पठाइदिने नामका कुख्यात ठगलाई 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय