धेरैपछि रिंगिटको मूल्य २४ पुग्यो, कति छ रियाल, दिराम र दिनारको मूल्य ? 

काठमाडौं, जेठ ८- 

लामो समयपछि मलेसियन रिंगिटको सटही दर २४ रुपैंया पुगेको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार सोमवार रिंगिटको खरिद दर २३ रुपैंयाँ ८६ पैसा छ भनें विक्रि दर २४ रुपैंयाँ छ । कुनै समयमा ३० रुपैैंया भन्दा माथि रहेको रिंगिट हाल घटेर २३ मा आइसकेको छ । यसले ठूलो संख्यामा मलेसियामा कार्यरत नेपालीलाई चिन्तित बनाएको छ । 

यसैगरी कतारी रियालको खरिदर २८ रुपैंयाँ ३२ पैसा र विक्रि दर २८ रुपैंयाँ ४९ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २८ रुपैंयाँ ८ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ २४ पैसा छ । साउदी रियालको खरिददर २७ रुपैंया ५० पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ६६ पैसा रहेको छ । 

यसैगरी कुवेती दिनारको खरिददर ३३९ रुपैंया ९८ पैसा छ भनें विक्रि दर ३४१ रुपैंयाँ ९५ पैसा छ । बहराइन दिनारको खरिददर २७३ रुपैंयाँ ५६ पैसा छ भनें विक्रि दर २७५ रुपैंयाँ १५ पैसा छ । 

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।    

यो पनि पढ्नुहोस्  

पीडितले यसरी पक्राउ गरेर ल्याए विदेश पठाइदिने नामका कुख्यात ठगलाई 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: