
युएई-
संयुक्त अरब ईमिरेट्सको राजधानी अबुधाबीमा गत शुक्रवार यहाँ क्रियाशिल आदिवासी जनजाति महासंघ, नेपाली समाज लगायत ४५ भन्दा बढी नेपाली संघसंस्थाको संयुक्त आयोजनामा २५६१ औं बुद्ध जयन्ती मनाईएको छ ।
अबुधाबीको मुसाफा स्थित मलायली समाजमको हलमा आयोजना गरिएको उक्त विशेष समारोहमा १५ सय बढी नेपाली सहभागी भएको समारोह आयोजक समितिका सदस्य विनोद श्रेष्ठले जानकारी दिए । शान्तिका अग्रदुत भगवान गौतम बुद्धका उपदेशहरु संसारभर फैलाउँदै नेपाली भाषा संस्कृतिको प्रवर्द्धन गर्न सहयोग गर्ने उद्देश्यले यो ऐतिहासिक कार्यक्रम आयोजना गरिएको श्रेष्ठले बताए ।
कार्यक्रमका प्रमुख अतिथी नेपाली दूतावास युएईका कार्यवाहक राजदुत नेत्र बहादुर टण्डनले यस्तो ऐतिहासिक कार्यक्रममा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै गौतम बुद्धको उपदेश संसारभर फैलाउन यस्तो कार्यक्रमको अहम भुमिका हुने बताए ।
चर्चित लोक गायक खुमन अधिकारी, गायिका कोपिला गुरुङ, सेलो गायक रोज मोक्तान लगायत स्थानीय कलाकारहरुको बेजोड सांगीतिक वातावरणमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
यो पनि पढ्नुहोस्
‘केटी होस्, धेरै कराइस् भनें कोठिमा बेचिदिन्छु’