स्याङ्जा सहयोग समाज, युएईको चौथो अधिवेशन सम्पन्न

युएई-

स्याङ्जा सहयोग समाज, युएईको चौथो अधिवेसन सम्पन्न भएको छ । अधिवेशनले खगेन्द्र गैरेको अध्यक्षतामा २१ सदस्यिय नयाँ कार्यसमिति पनि चयन गरेको छ । 

नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा प्रेम भण्डारी, उपाध्यक्षमा राजु केसी र हरी डुम्रे, महासचिवमा ओमकार पौडेल, सचिवमा प्रकाश ढकाल र पर्शुराम भण्डारी कल्पित, कोषाध्यक्षमा डिल्लीराज न्यौपाने दिपक, सहकोषाध्यक्षमा जीवन प्रसाद पाठक र प्रवक्तामा मनु क्षेत्री रहेका छन । 

कार्य समिति सदस्यहरुमा मित्रलाल पाण्डे, हरी अधिकारी, आरती वाग्ले, पिताम्बर अर्याल, प्रदिप भट्टराई, थमनसिंह रानाभाट, सविना पराजुली डुम्रे, विष्णु गैह्रे, वीरवहादुर थापा, मिना कुमारी गैरे र अर्जुन न्यौपाने रहेका छन । 

त्यसैगरी अधिवेसनले महिला विभाग प्रमुखको जिम्मेवारी यशोदा भट्टराई र सांगठनिक विभाग प्रमुखको जिम्मेवारी गोविन्द भट्टराईलाई दिएको छ ।

समाजका निवर्तमान अध्यक्ष कृष्ण न्यौपानेको अध्यक्षतामा सम्पन्न उक्त अधिवेशनको पहिलो चरणमा निवर्तमान कोषाध्यक्ष खगेन्द्र गैरेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै निवर्तमान अध्यक्ष कृष्ण न्यौपानेले समाजले एक कार्यकालमा गरेका समाजिक साँस्कृतिक कार्यहरुको चर्चा गरेका थिए । 

कार्यक्रमका प्रमुख अतिथि एकेन्द्र थापा, विशेष अतिथिहरु नेपाल पत्रकार महासंघ युएईका अध्यक्ष भुपराज वस्याल, एनआरएन युएईका वरिष्ठ उपाध्यक्ष रमेश श्रेष्ठ, स्याङ्जा सहयोग समाज अन्र्तराष्ट्रिय समिति सदस्य ऋषि वस्याल, भुतपुर्व अध्यक्षहरु राजु पाण्डे र भुपति न्यौपाने, सल्लाहकार धर्म पराजुली र भुतपुर्व प्रबक्ता लेखनाथ न्यौपाने, भुतपुर्व उपाध्यक्षहरु बालकृष्ण मरासिनी , जीवन शर्माले कार्यसमितिलाई बधाइ तथा शुभकामना मन्तव्य राखेका थिए ।

यो पनि पढ्नुहोस् 

अवैधानिक कामदारको सुचना दिनेलाई ५० हजार रियालसम्म पुरस्कार दिने साउदी सरकारको घोषणा

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय