कतारमा दुर्घटनामा १ नेपाली सहित ३ को मृत्युु, एक नेपालीको हमाद अस्पतालमा उपचार हुँदै

 

दिपक पुडासैनी, दोहा, जेठ ३-

मंगलवार कतारको ओमसलालमा भएको दुर्घटनामा परेर १ नेपाली सहित ३ जनाको निधन भएको छ । दुर्घटनामा परेका १ नेपाली घाईतेको हमाद हस्पिटलमा उपचार भईरहेको छ । 

दोहा स्थीत नेपाली दूतावास श्रोतका अनुसार दुर्घटनामा परेर मृत्यु हुने नेपाली चिनन मल्लाह(२९ बर्षिय) रहेका छन् । उनको नेपालको ठेगाना खुलेको छैन । यसैगरी घाइते गंगाराम चौधरीको हमाद हस्पिटलमा उपचार भइरहेको छ । कतारमा एक भवन बनाउने क्रममा भएको दुर्घटनामा १ सय ५० भन्दा बढी कामदारको मृत्यु भएको र त्यसमध्ये बहुसंख्यक नेपाली रहेको हल्ला फैलिएको थियो ।  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय