रेमिट्यान्स भित्रने दरमा सुधार

काठमाडौं, जेठ ३-

केही महिनायता वृद्धिदर सुस्ताएको रेमिट्यान्स भित्रने दरमा सुधार भएको छ । गत आर्थिक वर्षको तुलनामा यस चैतमा रेमिट्यान्स भित्रने दर ६.३ प्रतिशत बढेर ५ खर्ब ११ अर्ब पुगेको हो । गत आवको चैतमा रेमिट्यान्समा १३ प्रतिशतले वृद्धि भएको थियो । फागुनमा भने बार्षिक बिन्दुगत आधारमा रेमिट्यान्स भित्रने दरमा ५.३ प्रतिशतले बढेर ४ खर्ब ४९ अर्ब रहेको थियो ।

यसैबीच  स्थानीय तहको निर्वाचनका कारण मूल्य वृद्धिको दर बढ्न थालेको देखिएको छ । राष्ट्र बैंकको गत चैतसम्मको आर्थिक प्रतिवेदनले सो महिनामा मूल्य वृद्धिदर ३.८ प्रतिशत पुगेको छ । फागुनमा औसत यो दर २.९ प्रतिशत रहेको थियो ।

हिमाल र पहाडमा यो दर घटेपनि तराई र काठमाडौंमा भने यो दर बढेको छ । हिमालमा मूल्य वृद्धिदर २.८, पहाडमा ५.६, तराईमा ३.४ र काठमाडौंमा २.७ प्रतिशत रहेको हो । मसला, मदिरा जन्य पद्धार्थ, चिनी तथा चिनीजन्य पद्धार्थमा क्रमशः ३.१, १३ र १३.९ प्रतिशतले वृद्धि भएको हो ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: