
काठमाडौं-
कतारले विश्वकप फुटवल प्रतियोगिता २०२२ का लागि निर्माण गरिरहेका ८ वटा रंगशाला मध्ये एउटा तयार भएको र आगामी शुक्रवार त्यसमा परिक्षणका रुपमा पहिलो म्याच खेलाइने भएको छ । तीनबर्षको पुनर्निर्माण पश्चात खलिफा रंगशाला तयार भएको जानकारी गराइएको हो ।
कतारको अमिर कपको फाइनलका लागि आगामी शुक्रवार सो रंगशाला खुल्ला गरिने दोहा न्यूजले समाचार लेखेको छ । सो रंगशाला ४० बर्ष अगाडी नै निर्माण गरिएको हो । सोही रंगशालामा सन् २००६ को एसियाली खेलकुद पनि आयोजना भएको थियो । खलिफा रंगशालालाई विश्वकप फुटवलका लागि पुनर्निर्माण गरिएको हो ।
४० हजार दर्शक क्षमताको सो रंगशालामा सन् २०१९ को विश्व एथलेटिक प्रतियोगिता पनि आयोजना हुने अपेक्षा गरिएको छ ।
हेर्नुहोस् केहि तस्वीरहरु