गोलभेंडा खेतीमा किसानको आकर्षण 

प्यूठान- गोलभेडा खेतीबाट राम्रो आम्दानी हुन थालेपछि प्युठानका कृषकको यसतर्फ आकर्षण बढ्न थालेको छ । माण्डवी गाउँपालिका–२ मर्कावाङका कृषक परम्परागत कृषि पेशा छाडेर गोलभेडा खेतीतर्फ आकर्षित भएका हुन् । गोलभेडाको बजार माग बढ्दै जानु र प्रतिफलसमेत राम्रो पाउँदा व्यवसायिक खेतीतर्फ लागेको कृषहरू बताउँछन् ।

“५ रोपनीमा लगाएको गोलभेडाको विरुवाले फल दिन सुरु गरेको छ”, माण्डवी गाउँपालिका–२ मर्कावाङ रातापानीका कृषक रणबहादुर अधिकारीले भने, “राम्रो फल दियो भने एकै सिजनमा ३ लाख रूपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा छ ।” 

पर्याप्त जमिन नहुँदा गाउँमै जग्गा ‘लिज’मा लिएर खेती गरेको उनले बताए । गोलभेडाबाट आम्दानी राम्रो हुँदै गएपछि अघिल्लो वर्षको तुलनामा खेती बढाएको उनको भनाई छ । “वर्षभरी गरिने अन्नवालीभन्दा गोलभेडाबाट धेरै कमाई भएको छ,” अधिकारीले भने, “नगद आउने हुँदा कारोबार गर्नसमेत समस्या हुँदैन ।” गत वर्ष झन्डै ५ लाख रूपैयाँको गोलभेडा बिक्री गरेको उनले बताए । अन्य सिजनभन्दा यो सिजनमा गोलभेडाको मूल्य राम्रो पाउने स्थानीय युवा कृषक हेमराज अधिकारीको भनाई छ । 

“यो सिजनमा बजारमा गोलभेडा कम आउने हुँदा मूल्य बढी पर्न आउँछ,” स्थानीय युवा कृषक अधिकारीले भने, “अरुबेला १०(१५ रूपैयाँ प्रतिकेजी पर्ने गोलभेडा यो सिजनमा २५ देखि ४० रूपैयाँसम्ममा बिक्री हुने गर्छ ।” यसवर्ष १ हजार ५ सय विरुवा रोपेको र थप १ हजारको नर्सरी तयार गरी गोलभेडा खेती विस्तार गर्ने योजना रहेको उनले बताए । 

गोलभेडा खेतीबाट राम्रो आम्दानी हुन थालेसँगै यहाँका ५० भन्दा बढी कृषक व्यावसायिक खेती गर्न अग्रसर भएका छन् । गतवर्ष मात्रै यस क्षेत्रमा २ सय १० टन गोलभेडा उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय प्यूठानका वरिष्ठ कृषि विकास अधिकृत मधुसुदन पोख्रेलले बताए ।

उत्पादनलाई बढाउन गोलभेडा पकेट क्षेत्रको रूपमा विकास गर्दै अगाडि बढेको उनको भनाई छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत यस वर्ष गोलभेडा खेतीलाई बढाउन कृषकको मागअनुसार विऊ विजन तथा कृषि औजार, सिंचाई लगायतका कार्यक्रम सञ्चालन गर्ने उनले बताए । 

मल्लरानी ग्रामीण विकास सरोकार केन्द्र, खाद्य सुरक्षा परियोजनालगायतका संस्थाले समेत कृषकलाई तालिम, टनेललगायत प्राविधिक सहयोग गरेका छन् । 

कारोवारबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय