दोहा, बैशाख ३१-
कतारमा चार बर्षपछि नेपाली राजदूत नियुक्त भएका छन् । कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले बुधवार आफ्नो ओहोदाको प्रमाणपत्र कतारमा प्रस्तुत गरेका छन् ।
नेपाली समुदाय कतारमा आप्रवासी कामदारको दोश्रो ठूलो समुदाय हो । पहिलोमा भारतीय पर्दछन् । कतारमा हाल साढे तीन लाख नेपाली आधिकारिक रुपमा कार्यरत रहेको यहाँको सरकारी निकायले जनाएको छ । यो कतारको कुल जनसंख्यको १३ दशमलव ५ प्रतिशत हो ।
कतारमा चार बर्षयता राजदूत थिएनन् । यहाँस्थीत नेपाली दूतावास कार्यवाहक राजदूतको भरमा चल्दै आएको थियो । कतार ट्रिव्यूनका अनुसार नेपाली समुदायले राजदूत आएसँगै नेपाली स्कूल र साँस्कृति केन्द्र बनाउन सहयोग पुग्ने अपेक्षा गरेको छ ।