मानसिक सन्तुलन गुमाएर फर्केकी अनिशाको मृत्‍यु 

हरि कृष्ण न्यौपाने, बैशाख ३०-

लामो समय देखी कुवेतमा मानसिक सन्तुलन गुमाई कुवेतको अलसभा अस्पतालमा बेवारीसे भई गत मार्च २३ तारिक नेपाल फर्किएकी अनीशा बिकको गत बिहीवार पाटन अस्पतालमा मृत्‍यु भएको छ। केहि दिन देखि जण्डिस लगाएत स्वास्थ्यमा गडबडी आए पछी उपचारको लागि पाटन अस्पातल पुर्याइएकोमा उपचारकै क्रममा अनिशाको मृत्‍यु भएको मृतककी बहिनी शर्मिला बिकले बताइन। 

सिन्धुपाल्चोक मार्मिङ ५ घर भएकी अनीशा बिकलाई दुताबासको पटक पटकको प्रयास पछी कुवेत रेडक्रसको सहयोगमा एक एक भारतीय नर्सको साथमा नेपाल पठाइएको थियो। २०१० मार्चमा भारतीय बाटो हुँदै घरेलु कामदारका रुपमा कुवेत आएकी २६ बर्षिय अनिशाले अबैधानिक रुपमा रहदा नै बिष सेवन गरि बिगत ३ बर्षदेखि मानसिक सन्तुलन गुमाएकी थिइन भने उनको स्वास्थ्य स्थिती अत्यन्तै कमजोर थियो।

यो पनि पढ्नुहोस् 

आमाको आँशु, परदेशमा छोरो हराएपछि (भिडियो)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय