युएई- २५६१ औं बुद्द जयन्ती युएईको रसअल खेमाहमा एक कार्यक्रमको आयोजना गरी मनाईएको छ । मे १२ शुक्रवारको दिन गैर आवासिय नेपाली सँघ (एनआरएनए) क्षेत्रिय समिती रसअल खेमाहको आयोजनामा रसअल खेमाहको नखीलमा एक कार्यक्रमको आयोजना गरी बुद्द जयन्ती मनाईएको हो ।
कार्यक्रममा रस अल खेमाहमा रहेका बिभिन्न सँघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । दैलेख समाजका अध्यक्ष गणेश शाही, नेपाल पत्रकार महासंघ युएईका सचिव मेघराज सापकोटा, नेपाली जनप्रगतिशील मंच रसअल खेमाहका जनार्दन सुबेदी, एनआरएन रसअल खेमाहका जय खत्री, सन्तोष पौडेल, दीपक बिस्ट लगायत वक्ताहरुले भगवान बुद्दलाई शान्तिको दुतको रुपमा स्मरण गर्दै देश समृद्दीको कामना गरेका थिए ।
कार्यक्रमका सभापति तथा एनआरएन रसअल खेमाहका अध्यक्ष राजेन्द्र रोस्यारा लगायत उपस्थितहरुले भगवान बुद्दको प्रतिमा सामु सामुहिक धुपबत्ती तथा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।