६ जना महिलालाई विक्रि गर्न खाडी मुलुक लैजाने विरुद्ध मुद्धा दायर

 

नेपालगञ्ज, वैशाख ३०-

भारतीय बाटो हुदै खाडी मुलुकमा छ जना महिलालाईं बेचबिखनका लागि लैजाने तीन जनालाई प्रहरीले मानव बेचबिखन तथा ओसारपसार मुद्धा दर्ता गरेको छ । प्रहरीले कोहलपुरका सुर्दशन खड्का, गौरी चौधरी र दाङ झरनाका मनोज केसीलाई मुुद्धा दर्ता गरेको हो । 

बेचबिखनमा संग्लन रहेका कोहलपुरका शीला परियार र लक्ष्मी कुँवर फरार रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरिक्षक सुरेश प्रसाद काफ्लेले बताए । उनले फरारहरुको खोजीका लागि प्रहरीको एक छुट्टै टोली गठन गरेर तिव्र गतिमा खोजी कार्य भैरहेको पनि जनाए ।  

नेपालगञ्ज जमुनाह नाका हुँदै भारतको दिल्लीबाट तेस्रोमुलक पठाउनका लागि ६ जना महिलालाईं लैजादा गर्दा उनीहरु पक्राउ परेको र अनुसन्धानपछि उनिहरुलाई बेचविखनको मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । मानबेचबिखनमा संलग्न पाईएका तीन जना बिरुद्ध मुद्धा दर्ता भई थप अनुसन्धान भैइहेको पनि कोहलपुरका डीएसपी काफ्लेले बताए । यो भन्दा अगाडी पनि पक्राउ परेका आरोपितले नेपाली महिलाहरु तेस्रोमुलक लिएर विक्रि गर्ने गरेको प्रहरीको भनाई छ ।

पछिल्लो समयमा आएर पश्चिम नेपालका बिभिन्न पहाडी तथा हिमाली जिल्लाबाट युवती तथा महिलाहरुलाई राम्रो रोजगारको प्रलोभनमा पारेर कोहलपुर ल्याइ यहाँ राखेर सीमा नाका पार गराउने गरिएको पाईएको कोहलपुर प्रहरीले जनाएको छ । 

पहाडी जिल्लाहरु दैलेख, कालिकोट, जाजरकोट र रुकुम लगायतबाट महिला तथा युवतीहरुलाई ल्याएर कोहलपुरमा राखिएको अवस्थामा यहाँबाट पटक पटक पक्राउ गरिएको कोहलपुरका डीएसपी काफ्लेले बताए ।  उनले जमुनाहा नाकामा कडाई गरिएपछि राप्तीपारीको बघौडा नाकालाई बेचविखन गर्नेहरुले प्रयोग गर्न थालेको समेत खुलेको बताए । 

यो पनि पढ्नुहोस् 

आमाको आँशु, परदेशमा छोरो हराएपछि (भिडियो)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: