जनसम्पर्क समिति, रसअल खेमाहको अध्यक्षमा खाती

युएई- नेपाली जनसम्पर्क समिति रस अल खेमाह क्षेत्रिय समितिको सभापतिमा शैलेस खाती क्षेत्री सर्वसम्मतले निर्बाचित भएका छन् । मे १२ तारिक शुक्रवारका दिन सम्पन्न अघिबेशनले ख़ातीको नेतृत्वमा १७ सदस्यीय समितिलाई सर्बसम्मतले निर्बाचित गरेको हो । 

नवनिर्बाचित समितिको उपसभापतिमा सन्तोष पौडेल, लिलाधर पौडेल र बिकास थापा गरी ३ जना छन् । सचिवमा प्रकाश आचार्य, सहसचिवमा राम बहादुर गुरुँग, कोषाध्यक्षमा सुजन मल्ल र सहकोषाध्यक्षमा गणेश बहादुर भट्ट रहेका छन् । 

त्यसैगरी सदस्यहरुमा श्याम कुमार महर्जन, मुकेश रंजन शाह, राकेश कुमार धामी, पदम रेग्मी, अशोक कार्की, ज्ञानेन्द्र खतिवडा, पबित्रा पौडेल, राम बहादुर शाही र माया बस्नेत रहेका छन । 

अधिबेशनमा रसअल खेमा क्षेत्रमा सक्रिय समाजसेवी, बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाली जनसम्पर्क समिति युएईका अध्यक्ष खेमराज बस्नेत, संस्थापक अध्यक्ष चित्र केसी, महामन्त्री कृष्ण गौतम, जनसम्पर्क समितिका बरिष्ठ उपसभापति भवानी तिमल्सिना, एनआरएन रसअल खेमा क्षेत्रका उपाध्यक्ष जय खत्री, नेपाली जन प्रगतिशील मंचका जनार्दन सुबेदी, नेपाली प्रबासी मंचका लिलाधर ज्ञवाली लगायतले शुभकामना मन्तब्य राखेका थिए । 

यो पनि पढ्नुहोस् 

आमाको आँशु, परदेशमा छोरो हराएपछि(भिडियो)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: