बैदेशिक रोजगार व्यवसायी संघको नेतृत्वका लागि चुनावी चटारो सुरु 

काठमाडौं, बैशाख २८- 

नेपाल बैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन नजिकिंदै जाँदा संघको नेतृत्वका आकाँक्षीहरुले उम्मेदवारीको आकाँक्षा सार्वजनिक गर्न थालेका छन् । यदि स्थानीय तहको दोश्रो चरणको निर्वाचन आगामी जेठ ३१ गते भन्दा अगाडी नै भएमा संघको निर्वाचन आगामी असार १६ गते हुनेछ । तर निर्वाचन जेठ ३१ ग्ते नै भएमा संघको निर्वाचनका लागि आवश्यक पर्ने कानूनी प्रकृया पूरा गर्न थप केहि दिन लाग्ने भएका कारण निर्वाचन केहि दिन पछि सर्नेछ । तर संघको निर्वाचन नजिकिएसँगै संघको आगामी नेतृत्वका आकाँक्षीहरुले आफ्नो पक्षमा मत बुझन थालेका छन् ।  

यहि क्रममा संघका वर्तमान महासचिव रोहन गुरुङले आफू आगामी निर्वाचनमा अध्यक्षको उम्मेदवार बन्ने अपेक्षा सामाजिक सञ्जाल मार्फत प्रकट गरे । देशपरदेशसँगको कुराकानीका क्रममा गुरुङले वर्तमान कार्यसमितिमा आफूले निर्वाह गरेको भूमिकाले पनि आगामी कार्यकालमा स्वभाविक रुपमा आफू अध्यक्षको दावेदार भएको प्रष्ट बनाएको तर्क गरे । अप्ठ्यारो समयमा पनि संघलाई नेतृत्व दिएर व्यवसायीका पक्षमा आफूले बलियोसँग आवाज उठाएको र सोही कारण व्यवसायीहरुले आफूलाई अध्यक्षमा उठ्न सल्लाह दिएको उनको भनाई छ । 

तर प्रगतिशिल खेमाका गुरुङको अध्यक्षको उम्मेदवारीमा स्वयं उनकै खेमाभित्र सहमति भनें भइसकेको छैन । यसअघिको निर्वाचनमा प्रगतिशिल खेमाबाट अध्यक्षका प्रत्यासी रहेका सरोज पोखरेलले पनि अव एकपटक अध्यक्षमा उठ्ने अपेक्षा राखेका छन् । 

लोकतान्त्रीक खेमाबाट भनें वर्तमान प्रथम उपाध्यक्ष कुमुद खनाल अध्यक्षका प्रत्यासी हुन् । स्थानीय तहको निर्वाचन पश्चात संघमा लोकतान्त्रीक समुहको पूरै प्यानल घोषणा गर्ने तयारी रहेको भन्दै आफ्नो नाम लगायत बहुसंख्यक नाममा लोकतान्त्रीक फोरममा सहमति भइसकेको खनाल तर्क गर्छन् । आफूले लामो समयसम्म संघको विभिन्न तहको नेतृत्वमा बसेर गरेको योगदानका कारण यसपटक आफूलाई सर्वसम्मत रुपमा अध्यक्षको उम्मेदवार बनाइने उनले बताए । 

यो पनि पढ्नुहोस् 

आमाको आँशु, परदेशमा छोरो हराएपछि (भिडियो) 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: