
युएई, बैशाख २६-
स्थानीय चुनावमा भाग लिन प्रवासबाट नेपाल जाने यात्रुलाई मध्यनजर गर्दै नेपाल एयरलाइन्सले विशेष छुटको ब्यवस्था गरेको छ । चुनाव र बुद्ध जयन्तीलाई मध्यनजर गर्दै मे ६ देखि मे ३१ सम्म छुटको ब्यवस्था गरिएको नेपाल एयरलाइन्स युएईका कन्ट्री मेनेजर रमेश पौडेलले जानकारी दिए । नेपालको महत्त्वपूर्ण चुनावमा प्रवासमा रहेका नेपालीहरुलार्इ पनि भोट हाल्न नेपाल जानको लागि एयरलाइन्सले यस्तो विशेष ब्यवस्था गरेको पौडेलले जानकारी दिए । अन्य समय भन्दा विशेष छुट सहित ११ सय दिराममा आउने जाने दुई तर्फी टिकटको ब्यवस्था गरेको उनले बताए ।
दुबई ट्रमिनल २ बाट आइतबार, सोमबार, बुधबार र शुक्रबार नेपालको लागि एयलान्सले उडान भर्दै आएको छ भने उडानको समयमा खानाको ब्यवस्था जहाजमा गरिएको छ ।
यो पनि पढ्नुहोस्
‘विदेश जाँदा ठगिएपछि एजेण्ट भएँ’