रियाद, बैशाख २५-
साउदी अरबमा बैधानिक रुपमा घरेलु कामदारको रुपमा आउन नेपाल सरकारले प्रतिबन्ध लगाएको छ । तर हजारौको संख्यामा नेपाली चेलीहरु घरेलु कामदारको रुपमा साउदी अरबको कुना काप्चामा रहेको अनुमान छ । मुख्य त साउदी अरबमा नेपाली चेलीहरु साउदीको छिमेकी मुलुकहरु कुबेत र युएई लगायतका मुलुकहरु मार्फत समेत ल्याई पुर्याईने गरेको तथ्य अब नौलो रहेन । तर पनि दिनानुदिन नेपाली महिलाहरु आउने क्रम रोकिएको छैन ।
अबैधानिक बाटो मार्फत आई पुग्ने र चार घेराभित्र रहने भएको त एकिन तथ्यांक कुनै निकाय संग पनि छैन । अधिकांश महिलाहरु शारीरिक, मानसिक एबम विभिन्न रुपमा पिडित भई निकै दुरह अबस्थामा नारकीय जिबन बिताउन बाध्य भै रहेको कुरा दिनानुदिन उजागर हुदा हुदै पनि ति महिलाहरुको उद्दार हुन् सकिरहेको छैन । एक्कादुई महिलाहरु विभिन्न माध्यमबाट उद्दार लागि नेपाली दुताबास, संघ संस्थाहरुसम्म खबर पुगेको अबस्थामा उद्दार हुने गरेको नभएको चाहि होइन ।
यसै सन्दर्भमा नवलपरासी माकुरे ४ स्थाई निवासी वर्ष २३ कि गीता चमारको जिफन्ट सहयोग समुहले उद्दार गरि नेपाली दुताबाससम्म पुर्याउन पहल गरेको छ । गत बिहिबार बिहानको २ बजे गीता मिजारको उनी कार्यरत दमाम, ७१ बाट उद्दार गरिएको हो ।
उद्धार पश्चात गीताले आफ्ना बारेमा गराएको जानकारीः
१५ बर्षको उमेरमा बिबाह गरेकी गीता चमारका हाल २ सन्तान रहेका छन । पति सानु चमारका साथमा गीता सामान्य मजदुरी गरि जीवनयापन गर्ने गर्दथे । तर उनका पति बिरामीले थालिए पछी लालाबालाको लालनपालनमा समेत समस्या आई पर्यो । त्यो बिचमा स्थानीय दलालले विदेश गए धेरै पैसा कमाईन्छ भन्ने लोभ देखाउदा हो त कमाई नि हुने भए त राम्रो भनि १० महिना अगाढी उनी कुबेतमा आएकी थिईन । कुबेतमा डेढ महिना काम गरे पश्चात ८ महिना पहिला उनलाई उनको कुबेती मालिकले साउदी ल्याई एक घरमा छोडी गएको थियो ।
कुबेतमा हुदा राम्रै अवस्थामा रहेकी गीताको दुर्दिन साउदी अरबमा आएपछि सुरु भयो । ठुलो परिवार, काम गर्ने एक्लो, दिनको २० घण्टासम्म काममा घोटिनु पर्ने, खाना समयमा नदिने, बासि सडेगलेको दिने, समय समयमा बिना कारण कुटपिट गर्ने गर्दथे । तिमिलाई त हामिले किनेर ल्याएका हौं भनि दुर्ब्यबहार गर्ने गर्ने गरेका थिए ।
जे जति दुर्ब्यबहार भए पनि ६ महिनाको तलब पाएको तर पछिल्लो २ महिना देखि तलब नदिएको र माग्दा झन् कुट्ने पिट्ने गर्न थालेकोले नेपालमा श्रीमानलाई सबै बेली बिस्तार लगाइन् । श्रीमान सानु चमारले उद्दारको लागि माईति नेपालमा निबेदन दिएका थिए । माईति नेपाल मार्फत जिफन्ट सहयोग समुह, साउदी अरबसम्म खबर आई पुगे पश्चात उनको उद्दार सम्भब भएको हो । पिडित गीता चमारले अब कुनै पनि हालतमा विदेश नआउने बताउदै नेपालमै जे गर्न सकिन्छ गर्ने बताएकी छिन । उनको उद्दारमा जिफन्ट सहयोग समुहका केन्द्रीय प्रतिनिधि राज तामांग र जित राई संलग्न रहेका थिए ।
अरवनेपालबाट
