कतारमा नेपाली महिला समाजले रक्तदान आयोजना गर्ने

दिल कुमार श्रेष्ठ, दोहा-

नेपाली महिला समाज कतारले हमाद हस्पिटल अन्तर्गत रहेको ब्लड डोनेसन युनिटसंगको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । आगामी २६ मे २०१७ शुक्रबारको दिनमा  हुन गईरहेको मानवीय कार्यको संयोजकत्व समाजकी अध्यक्ष सुस्मिता भुसालले गरेकी छिन् ।

रक्तदान आफैमा एउटा पुण्यको काम भएको भन्दै पिडामा मृत्यसंग लडिरहेका मानिसहरुको जीवन रक्षा गर्नु कर्तब्य ठानेर रक्तदान कार्यक्रम आयोजना गरिएको भुसालको भनाई छ । नेपाली महिला समाजले पहिलो पटक रक्तदानको कार्यक्रमको आयोजना गर्न लागेको हो  ।

रक्तदान गर्न आउने रक्तदाताहरुले आफ्नो परिचय पत्र, लाइसेन्स वा हेल्थ कार्ड साथमा लिएर आउनु पर्नेछ । बाहिरको मुलुकबाट कतार प्रवेश गरेको ६ महिना र अघिल्लो पटक रक्तदान गरेको २ महिना पुगेको हुनु पर्नेछ । एन्टिबायोटिक या अन्य औषधि प्रयोग नगरेको साथै २४ घण्टा भित्र मदिरा सेवन गरेको हुनु हुँदैन । 

यसैगरी रक्त दान गर्दा खाली पेट हुनु हुँदैन भने रक्तचाप तथा अन्य मापदण्ड रक्त संकलन टोलीले निर्धारण गरे बमोजिम हुनुपर्नेछ । रक्तदाताको उमेर १८ देखि ६५ बर्षको भित्र रहनु पर्नेका साथै ५० किलो वजन हुनु आवश्यक छ । 

रक्तदान कार्यक्रममा कतारमा रहका सम्पूर्ण नेपाली दाजुभाईदिदीबहिनीहरु लगाएत कतारमा स्थापित नेपाली समुदायका प्रमुख तथा प्रतिनिधिहरु, सदस्यहरु, पेशागत ब्यबसायीहरु, बुद्दिजीवी, समाजसेवी, पत्रकार लगाएत सबैलाई सहभागी भई सहयोग गरिदिन अध्यक्ष भुसालले अपिल गरेकी छिन् । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: