काठमाडौं- गायक, संगीतकार तथा कलाकार रबिन तामाङको ब्यान्डले युएईमा लाइभ प्रस्तुति दिन लागेको खबरले रबिनका फ्यानहरु उत्साहित भएका छन् ।
नेपाली पप तथा रकसंगीतिक क्षेत्रमा स्थापित रबिन एन्ड द रिभोलुसन ब्यान्डको प्रस्तुति युएईको राजधानी अबुधाबीमा हुने भएको हो । आगामी मे १३ अबुधाबीको ला मेरिडियन होटलमा ब्यान्ड लिडर रबिन तामाङको अगुवाइमा लाइभ प्रस्तुति हुने आयोजना सहयोगी गायक प्रकाश पौडेलले बताएका छन् ।
हार्ड रक प्रस्तुति रहने उक्त ब्यान्डको भोकलमा स्वयम रबिन रहनेछन् भने गितारमा दिपेश, वेसमा श्याम महर्जन हुनेछन् । युएईमै प्रोफेसनल रुपमा डिजे गरिरहेका डिजे फरेको पनि दमदार प्रस्तुति रहने आयोजकले बताएका छन् ।
साँझ छ बजेदेखि ११ बजे सम्म आयोजना हुने उक्त कार्यक्रममा अबुधाबीका अधिंकाश नेपाली व्यावसायीहरुले स्पोन्सर गरेर कार्यक्रमप्रति ऐक्यबद्धता प्रकट गरेका छन् ।