भिसा विक्रि गरेको अभियोगमा एक नेपालीलाई तीन बर्ष कैद

दोहा-

अनधिकृत रुपमा भिसा विक्रि गरेको अभियोगमा एक नेपालीलाई तीन बर्ष जेल सजाय भएको छ । उनलाई जेल सजाय सकिएपछि स्वदेश फर्काउन यहाँको अदालतले आदेश दिएको छ । 

गल्फ टाइम्सका अनुसार ति नेपालीले ३३ वटा व्यवसायीक भिषा तथा २ सय वटा अन्य भिषा निकालेर अरुलाई विक्रि गरेको अभियोगमा अदालतले यस्तो सजाय सुनाएको हो । उनले रोजगारदाताको परिचयपत्र चोरेर तथा उनको नक्कली दस्तखत गरेर त्यसरी भिषा निकाल्दै आएको अदालतको ठहर छ ।

परिचय नखुलाइएका ति नेपालीले डेढ बर्ष भित्रमा त्यसरी भिषा विक्रि गरेर ४ लाख कतारी रियाल(झण्डै डेढ करोड) बरावर रकम उठाएको समाचारमा उल्लेख छ । रोजगारदाताले कम्पनीको कागजातहरु हेर्दा सो घटनाका बारेमा जानकारी पाएका थिए । 

त्यसपछि ति रोजगारदाताले त्यसरी भिषा निकालेर विक्रि गर्ने नेपालीका विरुद्धमा प्रहरीमा जानकारी गराएको र उनलाई अदालतले दोषि ठहर्याउँदै सजाय तोकेको हो । 

यो पनि पढ्नुहोस् 

कामदारको समस्या समाधान गर्न सरकारले सहयोग नगरेको दुतावासको गुनासो

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय