कामदारको समस्या समाधान गर्न सरकारले सहयोग नगरेको दुतावासको गुनासो

 

युएई, बैशाख २३-

नेपाली दुताबास अबुधाबीका कार्यबाहक राजदूत नेत्र बहादुर टण्डनले नेपाली कामदारहरुको समस्या समाधान गर्न नेपाल सरकारले सहयोग नगरेको बताएका छन् । गत शुक्रबार युएईमा कार्यरत नेपाली पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा बोल्दै उनेले उक्त कुरा बताएका हुन् ।

नेपाली दुताबास अबुधाबीले एक बर्षको अवधिमा गरेको कामहरुको ३५ बुँदे फेहरिस्त प्रस्तुत गर्दै उनले भने, हामीले १२ पटकसम्म पत्र पठाएका छौ, तर परराष्ट्रले कुनै जवाफ नै दिदैन । 

दुबईको अल एस्तर अस्पतालमा उपचारत देबी लामाको बिषयमा मात्र उनले ४ पटक नेपाल सरकारलाई पत्र लेखेको बताए । नेपाल पत्रकार महासंघ युएई शाखाका सचिव मेघराज सापकोटाले राखेको प्रश्नमा उनले भने, हामीले युएईको अस्पतालमा रहेका देबी लामा सहित ३ जना नेपालीहरुको बारेमा चार पटक नेपाल सरकारलाई पत्र लेख्यौ तर अहिलेसम्म कुनै जवाफ आएको छैन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डले बैदेशिक रोजगारमा रहेकाहरुको समस्या समाधानमा बिशेष ब्यवस्था गर्ने बताउने गरे पनि ब्यवहारमा नभएको गुनासो उपस्थित पत्रकारहरुले गरेका थिए । युएईको फुजेराहमा २ महिना देखी अलपत्र परेर रहेको लक्ष्मी माया श्रेष्ठको शव पठाउन युएईको परराष्ट्र मन्त्रालयलाई अनुरोध गरिएको कार्यक्रममा उपस्थित द्वित्तिय सचिव कृष्ण अर्यालले जानकारी दिए । त्यसैगरी लामो समयसम्म तलब नपाएर अलपत्र परेका एक कम्पनीमा काम गर्ने ११ जना नेपाली कामदारहरुको बारेमा श्रम सहचारी हीरा यादवले जानकारी दिएकी थिईन् । 

पत्रकार सम्मेलनमा आफ्ना समस्या सुनाउँदै एक नेपाली कामदार 

पत्रकारहरुको उपस्थितीमा अलपत्र परेका कामदारहरुले आफ्नो गुनासो पोखेका थिए । दुताबासले कामदारहरुको ईच्छा बमोजिम एक हप्ता भित्र समस्याको सामाधान गर्ने श्रम सहचारी यादवले प्रतिबद्दता जनाएकी छन् ।  

दुताबासले गत एक बर्षमा गरेको ३५ वटा कामहरुमा आधा भन्दा धेरै काम नेपालबाट हुने उच्चस्तरिय ब्यक्तिहरुको युएई भ्रमण ब्यवस्थापन रहेको छ । दुताबास सरसफाई देखी गैर कानुनी तवरले राखिएको पसललाई दुताबास परिसरबाट हटाउने कार्यहरु उक्त सुचीमा उल्लेख गरिएको छ । साथै बिभिन्न समयमा गरिएको जनचेतना कार्यहरु, जेल भिजिट गरी जेलमा रहेका नेपालीहरुको तथ्यांक संकलन गरिएको उल्लेख छ । दुताबासद्वारा जारी गरिएको उक्त सुचीमा नेपाली कामदारहरुको उद्दारका साथै दुताबासले सेकन्ड, मिनेट र घण्टाको आधारमा नेपालीहरुको काम तुरुन्त गर्ने गरेको जानकारी गराए । 

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/GG1EyKb1SGY” frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: