‘हामीले पनि भोट हाल्न पाउनु पर्छ’

काठमाडौं- गैरआवासीय नेपालीहरूले स्थानीय तह निर्वाचनमा आफूहरूलाई मताधिकारबाट बञ्चित गराइएको भन्दै ‘नोट चल्ने भोट नचल्ने’ अभियान सुरु गरेका छन् । उनीहरूले चुनावमा आफ्नो मतदान गर्न पाउने अधिकार नभएको भन्दै यो अभियान सुरु गरेको जनाएका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष भवन भट्टद्वारा जारी विज्ञप्तिमा आफूहरूले पठाएको रेमिट्यान्सबाट देश सहज रूपमा सञ्चालन भइरहे पनि सही नेतृत्व चुन्ने अवसरबाट आफूहरूलाई बञ्चित गराइन लागिएको उल्लेख छ ।

दशक लामो द्वन्द्व र राजनीतिक अस्थिरता भएको बेलामा आफूहरूले पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्र तहसनहस हुनबाट जोगाएको भन्दै अझै पनि त्यो क्रम जारी नै रहेकोले ‘नोट चल्ने भोट नचल्ने’ अभियान सुरु गरिएको विज्ञप्तिमा जनाइएको छ ।

“राष्ट्रभित्र सीपमूलक शिक्षाको अभाव रहेकोले विदेशी भूमिमा आएर सीप र शिक्षा लिएर राष्ट्र निर्माणमा सहभागी हुन फर्किने योजनामा हामीमध्ये कयौं छौं, तर राज्य र सरकारले हाम्रो अधिकारको बारेमा कति सोचेको छ ?

सायद छैन,” विज्ञप्तिमा भनिएको छ । घरपरिवार, समाज र राष्ट्रले गैरआवासीय नेपालीले पठाउने नोट भने खुसीसँग स्विकार्ने तर आपूmहरूको भोट गर्ने अधिकारको भने चर्चासमेत गरेको नगरेको गुनासो पनि संघले गरेको छ ।

लामो समयदेखि सामाजिक सञ्जाल र बिभिन्न फोरममा बहस भइहेको यस मुद्दालाई औपचारिक रूपमा अझै गम्भीर रूपले बहस गर्ने उद्देश्यले संघले ‘नोट चल्ने भोट नचल्ने’ अभियान सुरु गरेको जानकारी उपाध्यक्ष भट्टले दिए ।

 

अभियानका क्रममा सामाजिक सञ्जालमा बहस, राष्ट्रिय सञ्चार माध्यममा छलफल र विदेशमा रहेको नेपालीहरूबीच चर्चा गरेर भविश्यमा हुने निर्वाचनमा नेपालीहरूले विदेशबाटै मतदान कसरी गर्न सकिन्छ भन्ने सम्भावनामा पनि छलफल र अध्ययन गर्ने कार्यक्रम रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कारोवारबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: