युएईमा केहि नेपाली शंकाको घेरामा, दुतावासद्धारा आजन्म कैद र लाखौं जरिवानाबाट बच्न आग्रह

युएई,  बैशाख २१- 

युएई स्थीत नेपाली दुतावासले युएईको साईवर कानून, २०१२ को उल्लंघन हुने गरी कुनै पनि काम नगर्न सचेत गराएको छ । दुतावासले विज्ञप्ती जारी गर्दै सो कानूनको उल्लंघन गर्नेहरुले आजन्म कैद वा लाखौं जरिवाना तिर्नुपर्ने हुन सक्ने भन्दै सचेत गराएको हो । 

दुतावासद्धारा जारी विज्ञप्तीमा केहि नेपालीले युएईको साईवर क्राइम ल, २०१२ विपरित कार्य गरिरहेको आशंकामा यहाँको सरकारी निकायले सुक्ष्म रुपमा अनुगमन गरिरहेको जानकारी  गराएको भन्दै यसमा सचेत हुन आग्रह गरेको हो । 

कुनै पनि सामाजिक सञ्जालमा अमर्यादित, हिंश्रक, अश्लिल अभिव्यक्ति सहितका लेख लेख्न, बोल्न, फोटो तथा भिडियोहरु पोष्ट गर्न वा त्यस्ता सामग्रीमा लाईक, कमेण्ट, शेयर वा ट्याग गर्न नहुने स्पष्ट पारेको छ । 

यसैगरी हुण्डि, हवाला वा अन्य कुनै पनि गैर बैंकिंग माध्यमबाट कारोवार गरेमा पनि ठूलो सजाय हुनसक्ने भन्दै दुतावासले सजग बनाएको हो । 

विज्ञप्तीमा उत्तेजना वा द्धेष फैलाउने बन्द, हड्ताल, धर्ना, जुलुस तथा राजनीतिक सभा, सम्मेलन गोष्ठि नगर्न आग्रह गरिएको छ । यसैगरी ईस्लाम लगायत कुनै पनि धर्म, जात, समुदाय, संस्कृति, रितिरिवाज, चालचलन वा परम्पराको अपमान वा अपहेलना नगर्न पनि सजग गराइएको छ । 

साइवर कानून विपरितको काम गर्नेलाई देश निकाला, आजन्म कैद तथा ५० हजार देखि ३० लाख दिरामसम्म जरिवाना हुने जनाइएको छ । यसअघि पनि युएई सरकारले  सार्वजनिक कार्यक्रम गर्ने विषयमा कडाई गर्ने भन्दै सचेत बनाएको थियो । 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय