बैदेशिक रोजगारमा रहेका कामदारको मतदानको अधिकार बारे सर्वोच्चद्धारा कारण देखाऊ आदेश 

काठमाडौं, बैशाख २१-

सर्वोच्च अदालतले बैदेशिक रोजगारका क्रममा विदेशमा रहेका नेपालीका लागि मतदानको अधिकार माग गर्दै परेको रिटमा विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ । सो रिट निवेदन माथि सुनुवाई पछि न्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको हो । रिट निवेदनमा उल्लेखित विषयवस्तु छिटो निरुपण गर्नुपर्ने र सार्वजनिक महत्वको विषय भएको हुनाले सो रिटलाई सर्वोच्च अदालतले अग्राधिकार समेत प्रदान गरेको छ । 

वैदेशिक रोजगारका क्रममा विदेशमा रहेका नेपाली कामदारहरुको मतदानको हक सुनिश्चित गर्न र सो को लागि मुलुक बाहिरबाट समेत मतदान गर्न सक्ने गरी कानूनी व्यवस्था गर्नु पर्ने लगायतको माग लिएर सामाजिक न्यायको लागि कानुन तथा नीति नियम मञ्चले सर्वोच्च अदालतमा मिति  २०७३ वैशाख १४ गते रिट निवेदन दायर गरेको थियो । 

नेपाली नागरिकको मतदान गर्न पाउने अधिकार अन्तर्गत मतदान गर्न पाउने अवसरको अधिकार समेत अन्तरनिहित रहेको हुने र मुलुक बाहिर भए पनि नागरिकले मतदानको अधिकारको सुनिश्चितता गरिनु पर्ने जिकिर निवेदनमा गरिएको थियो । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, व्यवस्थापिका संसद, परराष्ट्र मन्त्रालय, निर्वाचन आयोग लगायतलाई विपक्षी बनाइएको थियो ।  

रिट निवेदनमा निवेदक संस्थाका तर्फबाट अधिवक्ताहरू हरि फुयाँल, बरुण घिमिरे, अनुराग देवकोटा, मिलन राई र केदार दाहाल लगायतले बहस गरेका थिए । 

वैदेशिक रोजगारका क्रममा विदेशमा रहेका कामदारको मताधिकार सम्वन्धि व्यवस्था विश्वका १ सय १४ भन्दा बढी मुलुकमा रहेको र नेपालमा यस्तो व्यवस्था गर्न सकेको खण्डमा सरकारलाई वैदेशिक रोजगार सम्वन्धि विषयमा जवाफदेही बनाउन सकिने धारणा निवेदक संस्थाका कार्यक्रम संयोजक एवं अधिवक्ता अनुराग देवकोटाले व्यक्त गरेका छन् । 

जानकारीमूलक भिडियो हेर्नुहोस् 

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/GG1EyKb1SGY?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: