कतारमा गर्मीमा ज्यान बचाउन सरकारी निकायले दियो यस्तो सुझाव

दोहा- 

कतारमा विस्तारै तापक्रम बढ्दै गएको छ । मे महिना सुरु भएसँगै तापक्रम ४० डिग्रि पुगेको छ । यो अवस्थामा विशेष ध्यान दिन कतारको जलवायु विभागले विभिन्न सचेतना अपनाउन आग्रह गरेको छ ।

विभागले ट्वीटर लगायतका माध्यमको प्रयोग गर्दै गर्मिमा अपनाउनु पर्ने सचेतनाको जानकारी गराएको छ । विभागले गर्मीको समयमा प्रसस्त मात्रामा झोल कुरा खानु पर्ने भन्दै हल्का खालको कपडा लगाउन सचेत गराएको छ । गर्मीको समयमा कतार लगायतका खाडीका मुलुकमा सूर्यको प्रकाश सोस्ने खालको कपडा लगाउनु हुन्न । सिधै घाममा पर्नबाट जोगिन समेत विभागले आग्रह गरेको छ । तर प्रचण्ड गर्मीमा पनि काम गर्न बाध्य आप्रवासी कामदारलाई भनें यसले खासै अर्थ राख्दैन । घर बाहिरको काम गर्नेहरुका लागि निश्चित समयावधिमा आराम गर्न पनि विभागले सुझाव दिएको छ । त्यस्ता कामदारहरुले निश्चित समय अन्तरालमा छायाँमा बस्नुपर्ने हुन्छ । 

गर्मी चर्किएसँगै कतारमा दिउँसोको समयमा काममा लगाउन बन्देज लाग्ने गरेको छ । दोहा न्यूजका अनुसार जुन १५ देखि अगष्ट १५ सम्म दिउँसोको समयमा बाहिरको काममा लगाउन पाइन्न । कतारको स्थानीय कानून अनुसार विहान ५ घण्टा भन्दा बढी समय कामदारलाई काममा लगाउन पाइन्न । सो समयमा अपरान्ह ११ः३० देखि दिउँसो ३ बजेसम्म काममा लगाउन बन्देज लगाइएको छ । जुन कम्पनीले यो नियमको पालना गर्दैनन् तिनिहरुलाई बन्द गरिदिने सम्मको अधिकार सरकारी निकायलार्ई रहेको समाचारमा जनाइएको छ । 

हेर्नुहोस् जानकारीमूलक भिडियो 

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/GG1EyKb1SGY” frameborder=”0″ allowfullscreen></iframe>{/source}

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: