इजरायल जाने ६० जनाको छनौट हुँदै

काठमाडौं, बैशाख २१-

रोजगारीका लागि इजरायल जान आवेदन दिएका मध्येबाट छनोट गर्न यही वैशाख २४ गते भाषा परीक्षा हुने भएको छ । इजरायलको पपुलेसन तथा इमिग्रेसन अथोरीटी (पीबा) ले केयरगिभरका रूपमा इजरायल जान आवेदन दिएका १ हजार ४ सय ५ जनामध्ये एक सय जनालाई भाषा परीक्षा दिन छनोट गरेको थियो । छनोटमा परेकामध्ये भाषा परीक्षामा उत्कृष्ट अंक ल्याउने ६० जनालाई इजरायल पठाइने वैदेशिक रोजगार विभागले जनाएको छ ।

परीक्षाबाट ६० जना कामदार छनोट गर्ने योजना रहेको विभागका निर्देशक मोहन अधिकारीले जानकारी दिए । इजरायलले दोस्रो चरणमा ४८ जना महिला र १२ जना पुरुषलाई ५१ महिनाको श्रम सम्झौता गरी केयर गिभरका रूपमा लैजानेछ ।

यसअघि इजरायलले वृद्धवृद्धा, अपांगता भएका व्यक्ति र अशक्तहरूको स्याहारसुसार तथा रेखदेखका लागि पहिलो चरणमा गत साउनमा ५९ जना कामदार लगेको थियो । वैदेशिक रोजगार विभागले दोस्रो चरणको मागका लागि गत फागुन १८ गते आवेदन खुलाएकामा महिला र पुरुष गरी १ हजार ४ सय ५ जनाले आवेदन दिएका थिए ।

“आवेदन दिनेमध्ये ८० प्रतिशत महिला र २० प्रतिशत पुरुष हुने गरी इजरायलले छनोट गर्ने छ,” विभागका निर्देशक अधिकारीले भने, “परीक्षा लिने, परीक्षण गर्ने र नतिजा प्रकाशित गर्ने सबै जिम्मा इजरायली संस्था पिबाले लिएको छ ।” परीक्षा काठमाडौं सोह्रखुट्टेस्थित मनमोहन मेमोरियल कलेजमा २४ गते दिउँसो १ बजे हुने बताइएको छ ।

विभागले परीक्षाबाट छनोट भएका ६० जनालाई आगामी असारको दोस्रो सातासम्म इजरायल पठाइसकिने जनाएको छ । केयरगिभरका रूपमा इजरायल जाने कामदारले करिब ८० हजार रुपैयाँ मात्र शुल्क बुझाउनुपर्ने भएकाले विशेषगरी महिलाहरू रोजगारीका लागि इजरायल जान आकर्षित हुने गरेका छन् ।

इजरायल जाने नेपालीले स्वास्थ्य परीक्षण, बिमा, कल्याणकारी कोष र हवाइ टिकट गरी करिब ८० हजार रुपैयाँ मात्र बुझाउनुपर्छ । बाँकी खर्च भने कामदारको सट्टा अन्य सम्बन्धित पक्षले बेहोर्ने वैदेशिक रोजगार विभागले जनाएको छ ।

केयरगिभरका रुपमा इजरायलमा काम गर्ने कामदारले मासिक १ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने गरेको विभागले जनाएको छ । विभागले केयरगिभरका रुपमा इजरायल जान चाहने नेपाली युवा–युवतीका लागि अहिलेसम्म २ पटक आवेदन मागेको छ ।

विभागले अनुमति दिएका विभिन्न १८ वटा संस्थाबाट कियरगिभरको तीन महिने तालिम लिएका वा प्राक्टिकल नर्सिङको तालिम लिई नेपाल नर्सिङ परिषद्मा दर्ता भएकाले मात्र आवेदन दिन पाउने व्यवस्था गरेको थियो ।

केयर गिभरलाई वृद्धवृद्धा, अपांगता भएका व्यक्ति र अशक्तको स्याहारसुसार तथा रेखदेखमा खटाइने छ । म्यानपावर कम्पनीहरूले प्रतिव्यक्ति १० लाख रुपैयाँसम्म उठाएपछि इजरायलले २०७२ साल साउन २२ गते सरकारी तहबाट नै केयर गिभरको छनोट गर्ने गरी नेपाल सरकारसँग सम्झौता गरेको थियो ।

कारोवारबाट 

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/TXPYZnBUxH4″ frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: