
अवुधावी, बैशाख १९-
संयुक्त अरव इमिरेट्स (युएई) को फुजेराहमा दुई महिनाअघि मुत्यु भएकी हेटौंडाकी लक्ष्मीमाया श्रेष्ठको शव स्वदेश पठाउन सकिएको छैन । गत २६ फेव्रवरीमा श्रेष्ठ सडक दुर्घटनामा परी ज्यान गएको थियो । उनी फस्ट च्वाइस क्लिनिङ कम्पनीमा कार्यरत थिइन् । उनको शवलाई फुजेरास्थित डिब्बा अस्पतालमा राखिएको छ ।
नेपाली दूतावासका अनुसार कम्पनीले शवलाई स्वदेश पठाउन असहयोग गरेको कारण समय लम्बिएको हो । ‘यति लामो समयसम्म कोही नेपालीको शव रोकिएको थिएन । सामान्य रुपमा एकसाता भित्र स्वदेश गइसक्थ्यो’, आवुधावीस्थित नेपाली दूतावासका प्रवक्ता कृष्ण अर्यालले भने,‘शवलाई जतिसक्दो छिटो स्वदेश पठाइदिन युएईको परराष्ट्र मन्त्रालयलाई अनुरोध गरेका छौं ।’
श्रेष्ठ आठ महिना अघि डल्स्को ह्युमन रिसोर्सबाट युएई आएकी थिइन् । उनको ८ बर्षको एक छोरा छन् । पीडित परिवारले शवलाई छिटो पठाइदिन दूतावासलाई अनुरोध गर्दै आएका छन् । ‘दूतावासले छिट्टै शव पठाइदेला भन्ने लागेको थियो । जुन हिसावले दूताबासले भुमिका निर्बाह गर्नुपर्दथ्यो । त्यो हिसावमा नभएको जस्तो लाग्यो’, मृतककी बहिनी निरु श्रेष्ठले भनिन् ।
मृतककी आमा सुमित्रा श्रेष्ठले छोरीको शवलार्इ यथाशीघ्र नेपाल झिकाईदिन नेपाल सरकार समक्ष अनुरोध गरेकी छिन् ।
कान्तिपुरबाट
{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/DKt-MMjkQ_Y?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}