
काठमाडौं, बैशाख १८-
नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि आफ्नो पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी मुख्यालय धुम्वाराहीमा आयोजित विशेष समारोहमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घोषणा पत्र सार्वजनिक गर्नुभएको हो । तीन बर्षमा नै एक घर एक रोजगारीको लक्ष्य सहितको घोषणा पत्रमा बैदेशिक रोजगार केन्द्रीत यस्तो विषय समेटिएको छः
“वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित गर्न र स्थानीय तहमा नै बैदेशिक रोजगारी सम्बन्धी सबै सूचना र सेवा सुविधा उपलव्ध हुने व्यवस्था गरिनेछ । यस काममा प्रवासमा गई काम गरेर फर्किएका स्थानीय नागरिकको अनुभवलाई उपयोग गरिनेछ । प्रवासमा रहँदा आर्जन गरेको सीपलाइ प्रमाणीकरणको व्यवस्था गरी फर्किएर आएका श्रमिकलाई दक्ष जनशक्तिको प्रमाणपत्र दिई राष्ट्र निर्माणमा उपयोग गर्न प्रोत्साहित गरिनेछ ।”
घोषणा पत्रमा रोजगार सम्वन्धि अनय स्थानमा विविध विषयहरु समेटिएका छन् ।
{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/DKt-MMjkQ_Y?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}