एमालेको घोषणापत्रः मलेसिया र खाडी जाने कामदारलाई स्वदेशमै रोजगारी दिने योजना

काठमाडौ- एमालेले मलेसिया र खाडी मुलुक जाने कामदारलाई नेपालमै रोजगारी व्यवस्था गर्ने महत्ववाकांक्षी घोषणापत्र तयार गरेको छ । स्थानीय तह निर्वाचनका लागि स्थायी समितिले शुक्रबार पारित गरेको घोषणापत्रमा आगामी १० वर्षभित्र नेपालमै रोजगारी सिर्जना गरी मलेसिया र खाडी मुलुकमा कामदार जानु नपर्ने अवस्था सिर्जना गर्ने उल्लेख छ ।

‘मलेसिया र खाडीमा कामदार नपठाउने, जापान र कोरियामा काम गरी फर्केकाको आर्जन र सीप प्रयोग गर्ने तथा अमेरिका, युरोप गएकाको पनि ज्ञान र आर्जन प्रयोग गरी मुलुकलाई आर्थिक समृद्धितर्फ लैजाने पार्टीको योजना छ, स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले भने, ‘२५ वर्षमा मुलुकलाई धनी राष्ट्रको सूचीमा उभ्याउने प्रयत्न गर्छौं ।’

स्थायी समितिले उपाध्यक्ष भीम रावल, सचिव प्रदीप ज्ञवाली र स्थायी समिति सदस्य पाण्डेलाई भाषालगायत विषय हेरेर घोषणापत्रलाई अन्तिम रूप दिने जिम्मेवारी दिएको छ । एमालेको घोषणापत्रमा आगामी १० वर्षमा नेपालीको आम्दानी ५ हजार अमेरिकी डलर बनाउने उल्लेख छ । आफ्नो नेतृत्वको ९ महिने शासनकालमा वृद्धभत्ता सुरु गरेको एमालेले त्यसलाई वृद्धि गरी पाँच हजार पुर्‍याउने प्रतिबद्धता घोषणापत्रमा जनाएको छ । यस्तै अस्पतालमा सुत्केरी हुने महिलालाई १० हजार दिनुपर्ने एमालेको धारणा छ ।

अन्नपूर्ण पोष्टबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: