युएईमा बुद्ध जयन्ती मनाउन जुटे ४० संघसंस्था

 

युएई, बैशाख ११- 

४० वटा संघसस्थाहरुको सयुक्त आयोजनामा अबुधाबिको फोक्लोर थेयटर हलमा मे १२ मा  २५ सय ६१ औं बुद्ध जयन्ती मनाउने भएको छ । राष्ट्रिय बिभुती, शान्तिका अग्र दुत गौतम बुद्धको जन्मभुमी नेपालको  पर्यटन प्रवर्द्धनसंगै अन्य देशले गौतम बुद्धको बारेमा छरेको भ्रम चिर्न कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रमका संयोजन सुरेन्द्र थिङ तामाङले बताए । 

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मुल आयोजक समितिमा सदस्य तथा नेपाली समाज युएईका महासचिव मणि भुर्तेलले भनेः यसअघि बुद्ध जयन्ती जनजाति साथीहरूले मनाउदै आएका थिए । तर बुद्ध जनजातिहरुको मात्र नभई राष्ट्रको पहिचान भएको हुँदा सबै मिलेर मनाउँ भन्ने हाम्रो प्रस्तावलाई सबै संघसस्थाले सहजै रुपमा लिदा यो कार्यक्रम गर्न हौसला मिलेको छ । यसले देशका राष्ट्रिय चाड पर्बहरु संयुक्त रुपमा मनाउने अभ्यासको पनि सुरुवात भएको उनले बताए । 

झन्डै १२ लाख (४० हजार युएई दिराम) को अनुमानित खर्चको बजेट प्रस्तुत गर्दै कार्यक्रमका आर्थिक सयोजक एकेन्द्र बहादुर थापाले कार्यक्रमबाट करिब पन्ध्र देखि अठार लाख (युएई दिराम पचास देखि साठी हजार) सम्म आम्दानी हुने खाका प्रस्तुत गर्दै कार्यक्रमको टिकट ४० दिराम राखिएको र यातायात ब्यबस्था पनि मिलाईएको उनले जानकारी दिए ।

बौद्ध धर्म गुरु बौद्ध महासंघका पुर्ब अध्यक्ष खेन्पो भगेन्द्र सिला (नन्द प्रसाद तिमल्सिना) को बिशेष उपस्तिथि सहित प्रवचन हुने कार्यक्रममा अन्य देशका नागरिकहरुलाई पनि यसबारेमा जानकारी दिन भगवान गौतम बुद्ध सम्बन्धि जानकारी सहितको केही समयको भिडियो प्रस्तुत गरिने र साथमा नेपालका लोक तथा दोहोरी गायक खुमन अधिकारी, लोक तथा दोहोरी गायिका कोपिला गुरुङ, सेलो गायक रोज मोक्तानको साथमा युएईमा रहेका कलाकारहरुको प्रस्तुति रहने कार्यक्रम मुल आयोजक समितिका सदस्य गोबिन्द ढकालले जानकारी गराए । 

कार्यक्रमको सञ्चार संयोजकको भूमिका नेपाल पत्रकार महासंघ युएईले गर्नेछ । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: