कुवेतमा एक बर्षमा २७ जना नेपालीको मृत्‍यु 

हरी कृष्ण न्यौपाने, बैशाख ७- 

कुवेतको मरुभुमीलाई कर्मथलो बनाउने क्रममा बिस २०७३ भित्र बिभिन्न कारणबस २७ नेपालीको मृत्‍यु भएको छ। उनीहरु मध्ये १६ जना पुरुष तथा ११ जना महिला रहेका छन।  घट्नाको प्रकृतिका आधारमा हृदयघातबाट ८ पुरुष र १ महिला,आत्म हत्याबाट ३ पुरुष र २ महिला, सडक दुर्घटनाबाट १ पुरुष र २ महिला, बिभिन्न रोगका कारण १ पुरुष र २ महिला, कार्यस्थलमा १ पुरुष, प्रसव पिडाबाट १ महिला, शरिरको धेरै अंगले काम नगरेर १ पुरुष, अरुले हत्या गरेको १ पुरुष, कारण खुली नसकेको २ महिला तथा अनुसन्धान भैरहेको १ महिला रहेका छन।    

नेपाली दुताबास कुवेतले दिएको तथ्याङ अनुसार बिस २०७३ मा ज्यान गुमाउने नामावली निम्न अनुसार रहेको छ।

हृदयघातबाट मृत्‍यु हुनेहरुः

केशव तिलिजा (म्याग्दी), सुजित कुमार महतो, एई बहादुर दर्जी, देब राज वली (रुकुम), सविता रार्इ (सुनसरी), राजेश गुप्ता (नवलपरासी), संजिव थापा मगर (दैलेख), नौशद सेख (महोत्तरी), कृष्ण बहादुर परियार (लम्जुङ) रहेका छन। 

त्यसैगरी चम्पा माया रार्इ, नबिन कुमार सुनुवार, सुनिता गुरुङ (संखुवासभा), बद्री सरदार गोइत (सप्तरी), सुचिन्द्र रार्इ (संखुवासभा) ले आत्म हत्याबाट आफ्नो जीवन गुमाएका छन। सडक दुर्घटनाबाट मृत्‍यु हुनेहरुमा करुणा कार्की बर्तौला, अमृत कुमार बोम्जन (मकवानपुर), हिरा सुनार (सुर्खेत) रहेका छन।

कलसी धामी, गोबिन्द विश्वाकर्मा (स्याङजा), जमुना विश्वाकर्माले बिभिन्न रोगका कारण कुवेतमा मृत्‍युवरण गर्नु पर्यो भने वीर बहादुर गुरुङले कार्यस्थलमै ज्यान गुमाए। त्यसै गरी लोक माया आले (नवलपरासी) ले प्रसब पिडामा आफ्नो ज्यान गुमाइन भने बिसुम यादब (धनुषा) को शरीरका बिभिन्न अंग नचल्नाले मृत्‍यु भएको थियो।

यसै बिच जीबन प्रसाद भट्टराई (मोरङ) लाई अंग्रेजी नयाँ बर्षका दिन आफ्नै कोठाका नेपाली साथीलेनै हत्या गरेका थिए भने साल्मिया पुलिस स्टेशनमा मृत्‍यु भएकी श्रीमाया नेपाली (तनहुँ) को बारेमा अझै अनुसन्धान भैरहेको छ।त्यसै गरी रोमा देबी गुरुङ (नवलपरासी) र शान्ता बिकको मृत्‍युको कारण अझै खुल्न सकेको छैन।

बिस २०७२मा कुवेतमा ४९ नेपाली कामदारहरुले आफ्नो ज्यान गुमाएका थिए भने २०७३ सालमा २७ जनामा घटेता पनि खानपानमा ध्यान दिने,सडकमा यात्रा गर्दा ख्याल गर्ने वा आफ्नो श्वास्थ्यमा समस्या आएमा समयमै उपचार गराउने हो भने यो संख्या अझै घटाउन सकिने छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय