साउदीबाट तीन महिना भित्र १० लाख बाहिरिने सरकारी अनुमान 

विन्देश तामाङ, रियाद, बैशाख ६-

आममाफीको समय ७० दिन बाँकी रहँदा साउदी अरव सरकारले यसका बारेमा अझ ठूलो जानकारीमूलक अभियान चलाउने भएको छ । यहाँको श्रम मन्त्रालय अन्तर्गतको महानिर्देशकको कार्यालयले आममाफी सुरु भएको २० दिनमा मुलुक छोड्न चाहने विभिन्न देशका आप्रवासीको ठूलो चाप देखिएको बताएको छ । ९० दिने आममाफी गत मार्च २९ तारिखमा सुरु भएको हो ।   

स्थानीय सञ्चार माध्यमका अनुसार कुनै जरिवाना नतिरी तथा विना झण्झट साउदी छोड्न पाइने व्यवस्थाका कारण तीन महिना भित्रमा लगभग १० लाख आप्रवासी कामदारले मुलुक छोड्ने अपेक्षा गरिएको छ ।  आममाफीमा सहभागि भएर स्वदेश फर्किने कामदारहरु पुनः केहि समयपश्चात कानूनी रुपमा साउदी आउन सक्ने भएका कारण पनि अवैधानिक रुपमा बसिरहेका कामदार स्वदेश फर्किन आतुर देखिएको जनाइएको छ । चार बर्ष अघि दिइएको आममाफीमा ५५ लाख व्यक्तिले सेवा लिएको अरव न्यूजले समाचार लेखेको छ । 

साउदीलाई कानून उल्लंघन गर्नेहरु मुक्त देश बनाउने अभियान स्वरुप चलाइएको आममाफि कार्यक्रममा सहभागि हुन चाहनेहरुका लागि विभिन्न स्थानबाट दर्ता गर्ने सेवा दिइएको सरकारी अधिकारीलाई उधृत गर्दै स्थानीय सञ्चार माध्यमहरुले समाचार लेखेका छन् । यसका लागि रियादमा १० वटा, क्वासीमोदोमा ७ वटा, मक्कामा १२ वटा, अल बाबामा दुईवटा, असिरमा तीनवटा लगायतका केन्द्रहरु सञ्चालन गरिएका छन् । 

आममाफीका बारेमा जानकारी दिन महानिर्देशकको कार्यालयले दैनिक रुपमा विभिन्न भाषामा ट्वीटर मार्फत जानकारी गराइरहेको छ । 

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/DKt-MMjkQ_Y?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय