दामोदर दाहाल, युएई-
नेपाली नयाँ बर्ष २०७४ सालको अवसर पारेर काभ्रे सेवा समाजको पहिलो साँस्कृतिक प्रस्तुति स्वरुप आयोजना गरिएको “नयाँ बर्ष बृहत सांस्कृतिक साँझ २०७४ ” भब्यताका साथ सम्पन्न भएको छ। अपाङ्ग तथा अनाथ बालबालिकाको सहयोगार्थ काभ्रे सेवा समाज युएईद्धारा आयोजित नयाँ बर्ष बृहत सांस्कृतिक साँझ २०७४ देरा स्थित कार्लटन टावर होटलमा भब्य रुपमा सम्पन्न भएको हो ।
नेपालबाट चर्चित कलाकारहरु ल्याएर आयोजना गरेको उक्त कार्यक्रममा युएईमा क्रियाशिल बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधी, ब्यबसायी, बुद्धिजिबी, पत्रकार, कलाकार लगायत युएईको बिभिन्न राज्यबाट धेरै नेपाली सहभागि भएका थिए । उक्त कार्यक्रममा नेपाली राजदुतावास अबुधावीका कार्यबाहक राजदूत नेत्र बहादुर टण्डनको प्रमुख आतिथ्यमा भएको थियो भने कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष दिल लामाले गरेका थिए।
रिता केसीले विभिन्न गीत संगीत प्रस्तुत गरेकि थिइन भने चर्चित गायक तथा संगितकार बिश्व दोङ र नायिका तथा आईटम डान्सर रिया श्रेष्ठ लगायत कलाकारहरुले बेजोड प्रस्तुति दिएका थिए।
चर्चित गायक तथा संगितकार बिश्व दोङ र लोक तथा कार्यक्रमकै शिलशिलामा पहिलो पटक दुबई आइपुगेकी चर्चित लोक तथा आधुनिक गायिका रिता केसीको गितमा दर्शकहरु नाच्दा हल संगितमय भएको थियो । नायिका तथा डान्सर रिया श्रेष्ठको नृत्यले हलमा दर्शकहरुलाई झनै रौनक बढाएको थियो।
युएईमा रहेका नेपाली कलाकारहरुको प्रस्तुती र नेपालबाट आएका अतिथी कलाकारहरुको सानदार प्रस्तुती हेर्दा दर्शकहरुले नेपाली नयाँ बर्ष नेपालमै बसेर मनाएको झै अनुभुती गर्न पाएका थिए। दर्शकहरुले खचाखच भरिएको हलमा कलाकारहरुले दर्शकहरुलाई गित, बेली डान्स, नृत्य र ईन्द्र सिन्चुरीको नाटक मार्फत भरपुर मनोरन्जन दिलाएका थिए ।
यो पनि पढ्नुहोस्