साउदी अरवका बारेमा महत्वपूर्ण जानकारी

काठमाडौं- साउदी अरव, खाडी क्षेत्रका देशहरु मध्येमा क्षेत्रफलका हिसावले सवैभन्दा ठूलो मुलुक हो । सो मुलुक संसारकै ठूलो तेलको खानी भएको मुलुक हो । मुस्लिम धर्मावलम्बीहरुको पवित्र ठाउँ मक्का, मदिना सोही मुलुकमा छन् । साउदी अरवको मुद्रालाई साउदी रियाल भनिन्छ । 

साउदी अरवमा प्रायः गर्मी भइरहन्छ । तापक्रम उच्च हुने भएकाले साउदी अरवमा रोजगारीका लागि जानेहरुले विशेष ध्यान दिनुपर्दछ । खेतीयोग्य जमिन थोरै भएको साउदी अरवमा ईस्लाम बाहेक अन्य धर्म मान्ने स्वतन्त्रता छैन । 

धेरैजसो भूभाग मरुभूमि रहेको साउदी अरवको मुहार पेट्रोलियम पदार्थको भण्डारले नै फेरेको हो । तीनतिरबाट समुद्रले घेरिएको साउदी अरवको राजधानी रियाद हो । रियाद बाहेक जेद्दा, मक्का, मदिना, दमाम मुख्य शहर हुन् । 

अरविक भाषा साउदी अरवको सरकारी भाषा हो । न्यून मात्रामा अंग्रेजी भाषाको प्रयोग हुन्छ । यसैगरी हिन्दी भाषा पनि सामान्य प्रयोगमा छ । साउदी अरवमा धेरैजसो नेपालीले काम गर्ने शहरहरु जुवैल, रियाद, जेद्दा, दमाम, अल खोवर हुन् । 

प्रायः एउटा सडकमा एकदिशामा मात्र गाडी चल्ने भएका कारण सवारी साधनको बेग तिव्र हुने गर्दछ । त्यसैले सडक पार गर्दा विशेष ध्यान पु¥याउन आवश्यक छ । साउदी अरवमा ईस्लाम धर्मका बारेमा कुनै टिकाटिप्पणी गर्नुहुन्न । यसैगरी सरकार र शासन पद्धतीका बारेमा पनि बहस वा तर्क गर्न वा आलोचना गर्नुहुन्न । 

रमादानको समयमा सार्वजनिक ठाउँमा खानपान बन्देज हुन्छ । यस्तो गरेको फेला परेमा कडा दण्डसजाय हुन्छ । यसैगरी साउदी नारीलाई एकटक लगाएर हेर्नुलाई अभद्र मानिन्छ । यसैगरी पुरुषलाई समेत एकोहोरो हुर्नुहुन्न । साउदीमा रोजगारीका लागि जानेले एकथान घाममा लगाउने चस्मा साथमा राख्नु राम्रो हुन्छ ।

साउदी अरव अति गर्मी हुने मुलुक हो । त्यसैले साउदी अरवमा काम गर्न जानेहरुले प्रसस्त मात्रामा पानी पिउने र कामबाट फर्केर आएपछि सुत्दा एसिलाई अत्यन्त चिसो बनाएर सुत्नु हुन्न ।

बिहिवार र शुक्रवार साउदी अरव पुग्ने गरी नजानु राम्रो हुन्छ । शुक्रवार सार्वजनिक बिदा हुने साउदी अरवमा बिहिवार पनि सामान्यतया नेपालबाट आउने कामदारलाई लिन जाने चलन छैन । साउदी अरवमा चुरोट, सुर्ती, बिँडी जस्ता सूर्तिजन्य सामान लैजान प्रतिवन्ध छ ।  

नेपालको दूतावास साउदी अरवको राजधानी रियादमा छ । कुनै समस्या परेमा नेपाली दूतावासमा सम्पर्क गर्न सकिन्छ । दूतावासको फोन नम्वर ९६६—१४६१११०८ वा ९६६—१४६४५१७०  हो ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: