कतारमा एक नेपालीको मृत्यु

महोत्तरी, बैशाख ३-

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका– ७ का ४० वर्षीय रामशरण मण्डलको कतारमा मृत्यु भएको छ । विगत १० वर्षदेखि कतारमा बस्दै आएका मण्डल खाना खाएर सुत्न गएको र बिहान उनको मृत्यु भएको उनीसँगै सोही स्थानमा काम गर्दै आएका उनका दाजु सीयाशरण मण्डलले बताए । 

रामशरण पहिलेदेखि बिरामी रहेको र कतारमा बिरामी निको नहुने देखिएपछि नेपालमै गएर औषधि गर्ने भन्दै केहीदिनदेखि घर जाने तयारी गर्दै आएका थिए । उनको सुतेकै अवस्थामा मृत्यु भएको उनीसँगै सोही स्थानमा काम गर्दै आएका उनका भतिजा सुरेश मण्डलले जानकारी दिएका छन् । 

मण्डलसहित उनका दाजु, भतिजा र अन्य १०-१२ जना आफन्त कतारमै काम गर्दैै आएका छन् । उनी बिरामी परेपछि पटक पटक उपचार पनि गराइएको थियो । मृतक मण्डलको जन्मभूमि जलेश्वर नगरपालिका–७ स्थित घरमा बिहान ४ बजेदेखि नै रुवावासी चलेको छ । मृतक मण्डलको आमा, पत्नी र तीन स–साना छोराछोरी रहेका छन् । रासस

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/dXPqi82mCdA?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: