पर्वत युवा समाज, कतारले छान्यो नयाँ नेतृत्व

दिल कुमार श्रेष्ठ, दोहा- 

पर्वत युवा सेवा समाज कतारको तेस्रो अधिवेशनले अध्यक्षमा चिन्तामणी पौडेललाई सर्वसम्मत रुपमा चयन गरेको छ । पौडेलको नेतृत्वमा समाजले नयाँ कार्यकाल २०१७ देखि २०१९ सम्मको लागि २९ सदस्यीय कार्य समिती  सर्वसम्मत चयन गरेको छ । 

कार्यसमितिमा उपाध्यक्षमा क्रमशः आनन्द सुबेदी, भिम बहादुर क्षेत्री, महासचिव सन्तोष गुरुङ, सचिव याम बहादुर क्षेत्री अनिल, सचिव वीरेन नेपाली, रहेका छन् । पदाधिकारीको पदमा एक उपाध्यक्ष सहित कोषाध्यक्ष र सहकोषाध्यक्षको पद खाली रहेको हुदाँ आगामी बैठकमा पद पूर्ति गरिने जनाइएको छ । 

त्यसै गरि केन्द्रिय सदस्यहरुमा बिक्रम कुँवर, लेखनाथ रिमाल, गणेश परियार ,टिकाराम भुसाल, भिम अधिकारी, हरि प्रसाद शर्मा, दुर्गा प्रसाद भट्टराई, सन्तोष श्रेष्ठ, दल बहादुर अधीकारी, धन सुनार खाती, राम खड्का,  सुरज परिवार मान बहादुर जिसी, डम्बर क्षेत्री, सोम क्षेत्री, गंगा नेपाली हरिलाल सापकोटा, रघुनाथ शर्मा, अन्तिम बिक, कमल बिक रहेका छन् । समाजको प्रमुख सल्लाहकार निवर्तमान अध्यक्ष दिपेन्द्र्रजंग लामिछानेलाई चयन गरिएको छ भनें लेखा समिति संयोजक डिल्लीराम भट्टराईलाई चुनिएको छ । 

पर्वत युवा सेवा समाज कतारलाई २०१२ मा पुन नयाँ नामाकरण गर्दै स्थापित गर्ने क्रममा हाल तेस्रो अधिवेशनसम्म आई पुग्दा समाजले कतारमा फरक स्थान बनाई सकेको निवर्तमान अध्यक्ष दिपेन्द्रजंग लामिछानेले बताए । 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय