दीलिप पराजुली, दोहा-
“जिन्दगी बेचेर गुजारा चालाउने हजार भेटिन्छन यहाँ
असाध्य माया गरी मनै जलाउने हजार भेटिन्छन यहाँ
उता देशको चाल हेर्दा फुट्न खोज्छ छाती मेरो
आफु चढ्न अर्को ढलाउने हजार भेटिन्छन यहाँ’’
नव बर्षको पहिलो दिन यसै पनि मन निकै चंचल हुने गर्दछ । त्यसमाथि पनि साहित्यप्रेमी सर्जकहरुलाई गजल, कविता सुन्न र सुनाउन पाए पछि सुनमा सुगन्ध हुने कुरामा दुई मत हुँदैन । अन्तराष्ट्रिय नेपाली साहित्यिक समाज, कतार च्याप्ट््र तथा नबोदित साहित्यिक वाचनालय कतारले आफ्नो नियमित डबलीको ६८ औ श्रृंखला भब्य रुपमा सम्पन्न गरेका छन् ।
डबलीमा बिशिष्ट श्रोताको रुपमा दोहाका सामाजिक सस्थाहरुमा लामो समय देखि काम गरिरहेका टेकनाथ बराल रहेका थिए भने तीन दर्जन भन्दा बढी साहित्यिक अनुरागीहरुले आ आफ्नो गजल, कवितावाचन गरेका थिए ।
नयाँ बर्षको पहिलो दिन भएकाले शुभकामना तथा प्रेम भाब बोकेका गजलकार बसन्त भुजेलको गजलबाट शुरु भएको कार्यक्रममा माधव भण्डारी, शेखर बस्नेत, ईश्वर राई, सुवास सापकोटा, गोविन्द उदासी, अविनाश सापकोटा, बिन्दा लामा, विजय योजित, भोला आचार्य, सुधामा कृष्ण, बिक्रम चेतनशील राई, इश्वर शाही,सन्तोष अधिकारी, दीप प्रदिप कुमार, यादव रेग्मी, माधव पौडेल, शुभ सन्ध्या, उमेश कालिकोटे, मणि पौडेल, लेख कार्की, श्यामराज रानाभाट, दीलिप पराजुली र सिताराम थापाले गजल सुनाएका थिए । यसैगरी बेचन महतो, लिलानाथ घिमिरे, निराजन लुइँटेल र तिर्थ संगम राईले कबिता वाचन गरेका थिए ।
कार्यक्रममा अनेसास कतारका अध्यक्ष तिर्थ संगम राई र नबोदित वाचनालयका अध्यक्ष सिताराम थापाले नयाँ सर्जकहरुलाई कार्यक्रमको बारेमा प्रष्ट पारेका थिए ।
कार्यक्रममा बिशिष्ट श्रोता टेकनाथ बारालले सम्पूर्ण सहभागीलाई नयाँ बर्षको शुभकामना दिदै दोहाको परिबेशमा यो डबली यौटा नमुना बनेर जानेमा आफु ढुक्क भएको बताए । पहिले पनि समय अनुकुल आफु कार्यक्रममा उपस्थित भैरहेको उनले जानकारी गराए ।