कतारमा प्रदेश नं–१ का कांग्रेस समर्थकको परिचयात्मक भेला सम्पन्न

दोहा, चैत्र ५- कतारमा कार्यरत नेपालको प्रदेश नं–१ का बासिन्दा रहेका नेपाली कांग्रेस समर्थकहरुको परिचयात्मक भेला सम्पन्न भएको छ । भेला नेपाली जनसम्पर्क समिति कतारको प्रदेश नं १ संयोजक नगेन्द्र श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको हो । 

उक्त भेलाले ६ बुंदे घोषणा पत्र जारी गर्दै अर्जुन चापागाईंको संयोजकत्वमा “नेपाली कांग्रेस प्रदेश नं १, समन्वय समिति कतार” समेत गठन ग¥यो । समितिको सदस्य सचिवमा खगेन्द्र खनाल रहेका छन् भने सदस्यहरुमा सेवन कार्की, अरुण केसी, पुकार बराल, भरत तुम्बाहाम्फे, कृष्ण बराल, मदन कटुवाल, सिता राई, सोमराज बराल, मनोज शाह र डिक बहादुर तामाङ्ग चयन भएका छन् । 

सोहि भेलामा धिरज चाम्लिङ्ग, कुमार काकी, नगेन्द्र श्रेष्ठ, प्रकाश कार्की, दिपक घिमिरे, राम फुँयालर गोपाल कटुवाललाई सल्लाहकारमा चयन गरेको छ ।

भेलामा कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै नेपाली जनसम्पर्क समिति कतारका संस्थापक सदस्य कुमार कार्कीले नेपाल संघिय स्वरुपमा प्रवेश गरि सकेको अवस्थामा प्रदेशबाट नै संगठित हुँदै नेपाली काँग्रेसको बृहत्तर हित र विकास गर्नका निमित्त प्रवासमा समेत संगठन बलियो बनाउन आवश्यक रहेको बताए । कतारमा रहेका प्रदेश नं. १ को भेलाले जनसम्पर्क समिति कतारलाई समेत सुदृढ र मजवुत पार्न भुमिका खेल्ने धारणा राख्दै जनसम्पर्क समिति कतारको अगुवाईमा अन्य प्रदेशहरुको समेत समन्वय समिति निर्माण हुनुपर्ने उनले वताए । 

कार्यक्रममा बोल्दै नेपाली काँग्रेस १३ औं महाधिवेशन प्रतिनिधी तथा नेपाली जनसम्पर्क समिति कतारका निवर्तमान महामन्त्री धिरज चाम्लिङ्गले प्रदेश नं १ बाट सुरु भएको यो ऐतिहासिक अभियान यसै गरि अन्य प्रदेशहरुमा पनि विस्तारित हुँदै जानु पर्नेमा जोड दिए । उनले कतारमा संगठनलाई मजवुत वनाउनका लागि जनसम्पर्क समितिले आफ्नो अगुवाईमा अन्य प्रदेशका समेत समन्वय समितिहरु गठन गरि संगठनलाई सुदृढ बनाउनु पर्ने बताए । 

भेलाले चयन गरेको समितिका सदस्यसचिव खगेन्द्र खनालले केन्द्रिकृत नेतृत्व र विकेन्द्रित कार्यविधि प्रणाली मार्फत संगठनलाई मजवुत वनाउन सकिने धारणा राख्दै स्थानियस्तरवाट नै काँगे्रसलाई मजवुत वनाउनका लागि काम गरिने वताए । 

त्यसैगरि समन्वय समितिका संयोजक अर्जुन चापागाईंले समन्वय समितिले जनसम्पर्क समिति कतारसँग अत्यन्त नजिक रहेर कार्य गर्ने समेत उल्लेख गरे । प्रदेश नम्वर १ का १४ वटै जिल्लावाट कतारमा आई कार्यरत नेपाली काँग्रेसका आस्थावानहरुलाई समन्वय समिति मार्फत जनसम्पर्क समितिमा सदस्य वनाई संगठनको वृहत्तर हितमा लागि पर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । यो पहिलो भेला भएको र आगामी दिनमा जनसम्पर्क समितिका पदाधिकारीहरुलाई समेत सहभागि गराई संगठन विस्तार, प्रशिक्षण लगायत विविध कार्यक्रमहरु गर्ने जानकारी दिए । 

कार्यक्रमका सभापति तथा नेपाली जनसम्पर्क समिति प्रदेश नम्वर १ का संयोजक नगेन्द्र प्रसाद श्रेष्ठले सिंगो जनसम्पर्क समिति कतारको वृहत्तर हित र नेपाली काँग्रेस पार्टीको हितका लागि भेलामा उपस्थितहरुले देखाएको उत्साहले आफुलाई खुशी वनाएको धारणा राखे । 

दोहाको एक रेष्टुरेण्टको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा प्रकाश कार्की, दिपक घिमिरे, एकराज राई  लगायतले आफ्नो मन्तब्य राखेका थिए । 

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/DKt-MMjkQ_Y?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: