दुवईमा प्रेम, नेपालमा मुद्धा

काठमाडौं, पुष १३ 

दुबईबाट फर्किएकी एकल महिला रमिता (नाम परिवर्तन) सोझै टेकुस्थित महानगरीय प्रहरी अपराध महाशाखा पुगिन् । उनको समस्या प्रहरीका निम्ति नयाँ त थिएन तर अनौठो भने थियो । वैदेशिक रोजगारीको सिलसिलामा दुबई पुगेकी उनी रणबहादुर खडकासँग नजिकिइन् । उनीहरूबीच प्रेमको मात्रै पलाएन, शारीरिक सम्बन्ध हुँदै आर्थिक लेनदेन पनि हुन थाल्यो । 

नेपाल फर्केकी रमिता प्रहरीमा पुग्नुको कारण भने अनौठो थियो । विवाहित खडकाले अविवाहित हुँ भनेर झुक्याएको, प्रेम र शारीरिक सम्बन्ध राखेको र पछि धोका दिएकोमा रमिताको आपत्ति थिएन । प्रहरीचौकी पुग्नुपर्ने बाध्यता सिर्जिएको थियो, आर्थिक कारोबारमा भएको धोका । खडकाले आफूबाट लिएको करिब २ लाख रुपैयाँ फिर्ता लिन उनी प्रहरीकहाँ पुगेकी थिइन् ।

प्रेम जालमा पार्ने र त्यही विश्वासका आधारमा गरिने आर्थिक कारोबारमा फसेपछि न्यायका निम्ति प्रहरी गुहार्ने रमिता मात्रै छैनिन् । पछिल्ला महिनामा महाशाखामा आउने धैरेजसो महिला ठगीका घटनाको पृष्ठभूमिमा झुटो प्रेम लुकेको देखिन्छ । इन्स्पेक्टर गोविन्द पन्थीको अनुभवमा अविवाहित केटीका ठगीसम्बन्धी धेरै उजुरीमा झुटो प्रेम र त्यसैको विश्वासमा गरिने आर्थिक कारोबार मुख्य देखिन्छ । पन्थीले भने, ‘केटी पीडित भएका आधाजसो ठगीका मुद्दामा नक्कली प्रेम जोडिएको हुन्छ ।’ 

काठमाडौंकी मुना सिलवालले कसैलाई दक्षिण कोरियामा आकर्षक जागिर मिलाइदिने, कसैलाई राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिने भन्दै १५ जनाबाट १ करोड १५ लाख रुपैयाँ उठाइन् । त्यतिका रकम उनले आफ्ना प्रेमी ईश्वरीप्रसाद पोख्रेलले देखाइदिएको बाटो र विश्वासका आधारमा उठाएकी थिइन् । उक्त मुद्दालाई नजिकबाट नियालिरहेका महाशाखाका एक प्रहरीले भने, ‘उनीहरूबीच अफेयर थियो । मुनाको प्रेमलाई ईश्वरीले आफ्नो ठगी धन्दाका निम्ति उपयोग गरे ।’ २५ दिनदेखि केन्द्रीय कारागारमा थुनामा रहेका पोख्रेलको मुद्दा अहिले काठमाडौं जिल्ला अदालतमा चलिरहेको छ ।

रेखा शर्मा ९नाम परिवर्तन० गुल्मीका गणेश थापाको प्रेमजालमा परिन् । विवाहको प्रलोभन देखाएर शारीरिक रूपमा विकलांग रेखासँग गणेशले अनेक आश्वासन दिएर ७० लाख रुपैयाँ पनि फुत्काए । राजनीतिक पहुँच देखाउँदै आफ्नो रवाफ देखाउने गणेशले रेखालाई प्रलोभनमा पारेका थिए । उनले विदेशमा कार्यरत भाइसँग पटकपटक गरी लाखौं रुपैयाँ झिकाएर गणेशलाई सुम्पिइन् । पछि प्रेम झुटो भएको र बिहेको वाचा नाटक भएको थाहा पाएपछि रेखा न्यायका निम्ति प्रहरीकहाँ पुगिन् । पुनरावेदन अदालत पाटनले ठगी आरोपमा गणेशलाई ५ वर्षको सजाय सुनायो । गणेश अहिले केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका छन् ।

पछिल्ला ५ महिनामा मात्रै महाशाखामा आर्थिक ठगीमा ४१ मुद्दा आए जसमा बिगो रकम ९७ करोड ८३ लाख ३० हजार छ । यो अवधिमा ठगी आरोपमा ५१ पुरुष र २ महिला पक्राउ परेको महाशाखाको तथ्यांक छ ।

यो समाचार कान्तिपुरमा जनकराज सापकोटाले लेखेका हुन् 

नेफ्टा अवार्ड हेर्नुहोस्  

{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/VPutHQbjqLU” frameborder=”0″ allowfullscreen></iframe>
{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय